#आँखीझ्याल# यौ ल्याङ यिङद्वारा सबैलाई साझा समृद्धितर्फ लम्कन दिशानिर्देश
2020-06-19 09:35:09CRI
Share with:

#आँखीझ्याल# यौ ल्याङ यिङद्वारा सबैलाई साझा समृद्धितर्फ लम्कन दिशानिर्देश

चिनियाँ राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि यौ ल्याङ यिङ सिन्च्याङको ग्रामीण उत्पादनको प्राथमिक स्तरबाट आउनुभएको हो। हालैका वर्षहरु यता उहाँले कृषि सहकारी स्थापना गरी स्थानीय किसानलाई बयर खेतीको प्रविधिबारे सिकाउनुभएको छ। उहाँले सिन्च्याङको विभिन्न जातिका दाजु-भाइ तथा दिदी-बहिनीलाई धनी बनाउने बाटोतर्फ लम्कन दिशानिर्देश गर्नुभएको छ।

प्राकृतिक अवस्था कमजोर भएको, आर्थिक आधार कमजोर भएको कारण सिन्च्याङको दक्षिणी भागका चार क्षेत्र अर्थात् खा श क्षेत्र, ह थ्येन क्षेत्र, आ ख सु क्षेत्र, ख च ल सु ख अर ख च क्षेत्र गरी चार वटा स्वशासित क्षेत्र अति गरिब क्षेत्रहरूमध्ये पर्दछन्। र गरिबी निवारण लडाइँमा गरिबीबाट मुक्त हुन गाह्रो हुने क्षेत्रमध्ये पर्दछन्। यौ ल्याङ यिङकाअनुसार, कोरोना भाइरस महामारीका कारण त्यहाँ गरिबीबाट मुक्त हुन अझै गाह्रो बनेको छ। यौ ल्याङ यिङ भन्नुहुन्छ "कृषि उपज सोही वर्ष बिक्री गरिनुपर्छ। बसन्त चाड अवधि कृषि उपजको बिक्रीको सबैभन्दा राम्रो सिजन हो। तर कोरोना भाइरस महामारी भएको छ। तर बसन्तको रोपाई कार्य शुरु भएको छ। गत वर्षको कृषि उपजको बिक्री कार्य पूरा भएको छैन। चालू वर्षको कृषि उपजको उत्पादन शुरु हुनुपर्छ। गरिबीबाट मुक्त हुने किसानहरूको कठिनाइ थपिएको छ।"

महामारीबाट प्रभावित भएका कारण यौ ल्याङ यिङले बिक्रीको नयाँ माध्यामको अन्वेषण गर्ने निर्णय गर्नुभयो। उहाँले नयाँ मिडिया प्रविधि सिक्न थाल्नुभयो। उहाँले घरमा बच्चाको हेरचाह गर्ने महिलाहरू र जन्मथलो फर्केका विद्यार्थीहरूबाट गठित इन्टर्नेट प्रत्यक्ष प्रसारण टोलीलाई इन्टर्नेट चौतारोमा प्रत्यक्ष प्रसारण तरीकामार्फत कृषि उपजको बिक्री गर्न संगठित गर्नुभयो। यौ ल्याङ यिङ भन्नुहुन्छ "हामीले गत मार्च महिनादेखि तयारी गर्न थालेका छौं। गत अप्रिल महिनाको शुरुमा सबैले इन्टर्नेटमा प्रत्यक्ष प्रसारण गर्न थालेका छन्। गत अप्रिल महिना मैले इन्टर्नेटमा छपन्न पटक प्रत्यक्ष प्रसारण गरेको छु। मेरा दिदी-बहिनीहरूले पनि इन्टर्नेटमा प्रत्यक्ष प्रसारण गरेका छन्। इन्टर्नेटमा प्रत्यक्ष प्रसारणबाट हाम्रो बिक्री मात्रा एक सय सत्तरी टन पुगेको छ भने बिक्री रकम छतीस लाख तीस हजार चिनियाँ युआन पुगेको छ। मेरो विश्वास बढेको छ। दिदी-बहिनी पनि आशावादी छन्।"