थाइल्याण्डको पर्यटन विभागद्वारा महामारीपछि पर्यटन बजारमा ठूलो परिवर्तन हुने अनुमान
2020-06-22 10:38:19CRI
Share with:

थाइल्याण्डको पर्यटन विभागद्वारा महामारीपछि पर्यटन बजारमा ठूलो परिवर्तन हुने अनुमान

पर्यटन उद्योग कोरोना भाइरस महामारीबाट प्रभावित गम्भिर उद्योगहरुमध्येको एक हुनुका साथै सबैभन्दा सुस्त गतिले पुन:उत्थान हुने उद्योग पनि हो। विश्वको पर्यटकीय गन्तव्य मुलुकहरुमध्ये लोकप्रिय मुलुकको रुपमा थाइल्याण्डको पर्यटन उद्योगको पुन:उत्थान पनि मन्द गतिले हुँदै आएको छ। गत मेइ २५ तारिख थाइल्याण्डको पर्यटन तथा स्वास्थ्य मन्त्रालयले पर्यटन उद्योगको सुरक्षा तथा स्वास्थ्य मापदण्ड सार्वजनिक गरेको थियो। जसबाट पर्यटन उद्योगको स्वास्थ्य स्तरलाई चौतर्फी रुपमा माथि उकासेर सर्वतोमुखी पुन:उत्थान र दीगो विकासका लागि तयारी गर्नसकियोस्। थाइल्याण्डको राष्ट्रिय पर्यटन विभागका उप-प्रमुख टानेट फेछुवानले कोरोना भाइरस महामारीपछि पर्यटन बजारमा ठूलो परिवर्तन हुने भन्दै थाइल्याण्डको भ्रमण गर्ने पहिलो खेपका अन्तर्राष्ट्रिय पर्यटकहरु चिनियाँ पर्यटकहरु हुनसक्ने अनुमान गर्नुभएको छ।

लामो समयदेखिको महामारीबाट थाइल्याण्डको पर्यटन क्षेत्रका धेरैभन्दा धेरै कर्मचारीहरु बेरोजगार हुनुका साथै धेरै ट्राभल एजेन्सीहरु बन्द भएका छन्। पर्यटन बजारको पुन:संचालनपछि पर्यटकहरुको सत्कार गर्ने क्षमता कस्तो हुनेछ? यस विषयबारे चर्चा गर्दै थाइल्याण्डको राष्ट्रिय पर्यटन विभागका उप-प्रमुख टानेट फेछुवानले पर्यटन बजारको पुन:स्थापनापछि अन्तर्राष्ट्रिय पर्यटकहरु एकै समयमा नआउने भन्दै पर्यटकहरु र सत्कार गर्ने पक्षले आफ्नो सुरक्षाको मूल्यांकन गरेपछि मात्रै निर्णय गर्ने बताउनुभयो। परिस्थितिमा धेरै परिवर्तन आएको भन्दै उहाँले अबदेखि ६ देखि ८ महिनाको अवधि पर्यटनको पुन:स्थापना अवधि हुने अनुमान पनि गर्नुभयो।

विश्वका पर्यटकहरुलाई महामारीको प्रतिरोधका लागि अपनाउने विभिन्न कदमहरूबारे जानकारी छ भन्ने मेरो विश्वास छ। उदाहरणका लागि व्यक्ति व्यक्तिबीच दूरी कायम राख्ने, मास्क लगाउने, सधैं हात धुने लगायत छन्। अन्तर्राष्ट्रिय पर्यटकहरुले यी कदमहरु जानेका छन्। हामी यसबारे चिन्ता गर्दैनौं। विशेष गरी महामारीको प्रतिरोध गर्ने चीनको कदम सबैभन्दा प्रभावकारी छ। थाइल्याण्डको भ्रमण गर्ने पहिलो खेपका अन्तर्राष्ट्रिय पर्यटकहरु चिनियाँ पर्यटकहरु हुनसक्ने छन्।

टानेट फेछुवानका अनुसार, महामारीपछि पर्यटनको खर्च अवश्य नै बढ्ने छ। उदाहरणका लागि अरु देशको भ्रमण गर्नका लागि स्वदेशमा स्वस्थ्य परिक्षण गर्नुका साथै स्वास्थ्य प्रमाण-पत्र लिनुपर्छ, विमानमा स्वास्थ्य सुरक्षाका लागि केही खाली सीट हुने कारण विमानको टिकटको भाउ पनि बढ्नेछ। त्यसैले भविश्यमा पर्यटन बजारमा भित्र्याउने मापदण्डले बजार माथि उठ्ने नै छ साथै पर्यटनका लागि खर्च पनि बढ्नेछ। अन्तर्राष्ट्रिय पर्यटन गर्नसक्ने पर्यटकले विभिन्न क्षेत्रमा पूर्ण तयारी गर्नुपर्छ। कम खर्चमा अन्तर्राष्ट्रिय पर्यटन गर्न पाइने छैन। उहाँले भन्नुभयो,

घुम्नका लागि खर्च बढ्ने कुराले पर्यटकहरुको खर्च गर्ने क्षमताप्रति अरु उच्च मांग प्रस्तुत गर्नेछ। जसबाट उत्तम पर्यटकहरुको अनुपात बढ्नेछ। हरेक वर्ष थाइल्याण्डले ४ करोड अन्तर्राष्ट्रिय पर्यटकको सत्कार गर्ने जुन रेकर्ड छ अब केही समयसम्म हुने छैन। पर्यटकहरुको कूल संख्या झर्ने छ, तथापि पर्यटकहरुको गुणस्तर माथि जाने छ र उनीहरुको खर्च पनि बढ्ने छ।

टानेट फेछुवानका अनुसार, थाइल्याण्ड सरकारले कोरोना भाइरस सम्बन्धी उच्च जोखिमको सुचीबाट चीनलाई हटाइदिएको छ। हरेक मुलुकको महामारीको पछिल्लो तथ्याङ्क थाइल्याण्ड सरकारले त्यस मुलुकलाई थाइल्याण्डको पर्यटन बजार खुला गर्ने महत्वपूर्ण आधार हुनेछ। त्यसका अतिरिक्त, अन्तर्राष्ट्रिय उडानको पुन:संचालन र १४ दिनसम्म क्वारेन्टाइन अवधिको रद्द पनि निर्णायक कारकतत्व हुनेछ। टानेट फेछुवानले भन्नुभयो,

थाइल्याण्डको पर्यटन बजार अवश्य नै महामारीको प्रतिरोध गर्दै गम्भिर तथा प्रभावकारी मुलुकहरुका लागि खोल्ने छ। उदाहरणका लागि चीनले महामारीको प्रभावकारी रुपमा नियन्त्रण गरेको छ। त्यसैले हामीले चिनियाँ पर्यटकहरुको सत्कार गर्ने इच्छा राखेका छौं। र अर्कोतिर थाइल्याण्डले महामारीको प्रतिरोधमा चीनले जस्तै राम्रो उपलब्धि हासिल गरेमा चीनले पनि थाइल्याण्डेली पर्यटकको स्वागत गर्ने छ।