पुन: स्थानान्तरण र बाटोको निर्माणबाट स छ्वान प्रान्तीय सी द जिल्लाका गाउँलेको नयाँ जीवन
2020-06-23 09:31:11CRI
Share with:

आहौ गाउँ स छ्वान प्रान्तीय ल्याङ शान प्रिफेक्चर सी द जिल्लाको उच्च भागमा अवस्थित यी जातीय गाउँ हो। उक्त गाउँमा ९ सय २७ जना बसोबास गर्छन् र ती मध्ये ३ सय १३ जना गरिब थिए। गरिब परिवारलाई पुन: स्थानान्तरणद्वारा नयाँ घरआवासमा सारेपछि नयाँ जीवन पाएका छन्।

पुन: स्थानान्तरण र बाटोको निर्माणबाट स छ्वान प्रान्तीय सी द जिल्लाका गाउँलेको नयाँ जीवन

आहौ गाउँको ३२ वर्षीय गाउँले पाच्युकुक सम्झना गर्छन् कि बजार केवल १७ किलोमिटर टाढा भए तापनि सामान किन्नका लागि हिँड्नुपर्थ्यो। बाटोको केही भागमा घोडा वा गोरू समेत हिँड्न मुश्किल थियो।

"यदि म हाल बिहानै सामान किन्न गएमा केही समयभित्रै फर्कनसक्छु तर विगतमा एकाबिहानै गए भने रातीको सात-आठ बजेसम्ममा या नातेदार वा साथीको घरमा बसेर दोस्रो दिन बिहान मात्रै फर्किन सकिन्थ्यो।"

पुन: स्थानान्तरण र बाटोको निर्माणबाट स छ्वान प्रान्तीय सी द जिल्लाका गाउँलेको नयाँ जीवन

हाल आहौ गाउँको सबै बाटोलाई पक्की बनाएको छ। सी द जिल्लाबाट बढीमा आधा घण्टामा आहौ गाउँ पुग्नसकिन्छ। पहाडमा अनेकन् नयाँ आवास छन्। ६८ वर्षीय पोलिमुस्याले बैठक कोठामा टेबल तथा मेच सफा गर्दै पहिलेको अवस्थाको सम्झना गर्नुभयो।

" पहिला माटोबाट बनाइएको आवास थियो। काठको बोर्ड र प्लास्टिकले माथिको भाग ढाकिएको थियो। "

पोलिमुस्याको नयाँ आवासमा पाँचवटा सुत्ने कोठासहित स्नानघर तथा भान्छा कोठा लगायत कुल सात कोठा छन्। पोलिमुस्या दम्पतिसँगै दुईजना नातिहरू त्यहाँ बस्नुहुन्छ।

"हाल आवास ज्यादै सुन्दर छ। यो हाम्रो घर हो। यहाँ बस्न आनन्द छ। यी फर्निचरहरू प्रान्तीय सरकारले दिएको हो।"

पुन: स्थानान्तरण र बाटोको निर्माणबाट स छ्वान प्रान्तीय सी द जिल्लाका गाउँलेको नयाँ जीवन

नयाँ आवास क्षेत्र सन् २०१७ मा निर्माण गरिएको हो। त्यहाँ कुल ७३ परिवार बस्छन्। आवासको अगाडि र पछाडि चेरी रूख रोपिएका छन्। यहाँका आवास क्षेत्र शहरमा निर्मित नयाँ आवास क्षेत्रसँग समान देखिन्छ। आवास क्षेत्रको योजना बनाउँदा गाउँलेलाई अझ राम्रो बसोबास वातावरण दिने विचार गरेको आहौ गाउँका प्रमुख वाङ स्याउबिङले भन्नुभयो-

"हामो आवास क्षेत्रमा हरेक घरआवाससम्म बाटो निर्माण मात्र नभई ढल तथा सेप्टिक ट्यांकको पनि निर्माण तथा व्यवस्थापन गरिएको छ। हामीले ढल प्रशोधन

पुन: स्थानान्तरण र बाटोको निर्माणबाट स छ्वान प्रान्तीय सी द जिल्लाका गाउँलेको नयाँ जीवन

केन्द्रको पनि निर्माण गरेका छौं। जसले बासिन्दाहरूमाझ प्रदूषण समस्याको समाधान गरेर उनीहरूलाई अझ राम्रो बसोबास वातावरण दिएको छ।"