#आँखीझ्याल#च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थानद्वारा वैज्ञानिक तथा प्राविधिक आविष्कारमा आधारित याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरणको विकास
2020-07-03 10:30:24CRI
Share with:

#आँखीझ्याल#च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थानद्वारा वैज्ञानिक तथा प्राविधिक आविष्कारमा आधारित याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरणको विकास

च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थान सन् २०१३मा स्थापना भएको थियो। यो संस्थान वैज्ञानिक तथा प्राविधिक उपलब्धिको औद्योगिकीकरण बढाउने र विश्वको आविष्कार उपलब्धि तथा उत्कृष्ट जनशक्तिलाई च्याङ सु प्रान्तमा भित्रिन आकर्षित गर्ने कुरामा अडिग भएर लागिरहेको छ। याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरण राष्ट्रिय रणनीति बनेपछि च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थानको दृष्टिकोण च्याङ सु प्रान्तबाट फराकिलो भएर समस्त याङ सी नदी त्रिकोण क्षेत्रसम्म पुगेको छ। यो संस्थानले आफूद्वारा अन्वेषण गरिएको सुधार कदम र उद्योग तथा प्रविधिको आविष्कार प्रणालीलाई याङ सी नदी त्रिकोण क्षेत्रमा प्रयोग गर्ने र प्रचार-प्रसार गर्ने आशा लिएको छ।

च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थानका निर्देशक लिउ छिङ भन्नुहुन्छ "हालसम्म च्याङ सु प्रान्तीय औद्योगिक प्रविधि अनुसन्धान संस्थानको स्थापना भएको छ वर्ष भइसक्यो। संस्थानले उद्योग तथा प्रविधिको आविष्कार प्रणालीको सिर्जना गरिरहेको छ। यो प्रणालीमा विश्वमा आठ वटा प्रतिनिधि कार्यालय स्थापना हुने, चालीस वटा प्रसिद्ध विदेशी विश्वविद्यालय र प्रतिष्ठान, तीस वटा चिनियाँ विश्वविद्यालय र प्रतिष्ठान हाम्रो रणनैतिक सहयोगात्मक साझेदार हुन् भन्ने कुरा समावेश छ। हामीले च्याङ सु प्रान्त र प्रसिद्ध उद्योग-व्यवसायमा संयुक्त आविष्कार केन्द्रको स्थापना गर्छौं।