टर्कीका विद्यार्थीहरुद्वारा ब्रशमार्फत महामारी प्रतिरोध अभिव्यक्त
2020-07-06 16:03:15CRI
Share with:

टर्कीका विद्यार्थीहरुद्वारा ब्रशमार्फत महामारी प्रतिरोध अभिव्यक्त

 

हालै टर्कीको मध्य-पूर्व प्रविधि विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्यूतद्वारा आयोजित "ब्रशमा महामारी प्रतिरोध सम्बन्धी युद्ध" विषयक चित्र प्रतियोगिता सफलताका साथ सम्पन्न भएको छ। सो प्रतियोगिताले चित्र, कार्टुन, लेख र भिडियो लगायत विविध तरिकामार्फत कोरोना भाइरस प्रतिरोधका लागि महत्वपूर्ण योगदान पुर्‍याएका चिकित्साकर्मीहरुलाई सलाम व्यक्त गर्नुका साथै विश्वमा महामारीलाई चाँडै जित्नसक्ने आशा अभिव्यक्त गरिएको छ। अब यस विषय सम्बन्धी एउटा विवरण सुन्नुहोस्।

"ब्रशमा महामारी प्रतिरोध सम्बन्धी युद्ध" विषयक चित्र प्रतियोगिताको आयोजक टर्कीको मध्य-पूर्व प्रविधि विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्यूतका प्रमुख तु युनका अनुसार, चिनियाँ भाषा प्रशिक्षणको प्रक्रियामा विद्यार्थीहरुले कोरोना भाइरस महामारीप्रति एकदम ध्यान दिनुका साथै चिनियाँ शिक्षक-शिक्षिकाहरुलाई चीनले छोटो समयमा महामारीलाई कसरी नियन्त्रण गर्न सफल रह्यो भन्ने प्रश्न सोधेका थिए। त्यसैले चिनियाँ शिक्षक-शिक्षिकाहरुले एउटा चित्र प्रतियोगिताको आयोजनामार्फत विद्यार्थीहरुलाई सो बारे जानकारी दिने सुझाव प्रस्तुत गरेपछि सम्पूर्ण विद्यार्थीहरुले यस सुझावको समर्थन गरेका थिए। तु युन भन्नुहुन्छ,

चित्र प्रतियोगिताको आयोजना पछि ५० भन्दा बढी विद्यार्थीले तोकिएको समयमा रचना प्रस्तुत गरेका थिए। अन्त्यमा हामीले करिब १० वटा उत्तम रचना छानेका थियौं। सो कार्यक्रम शिक्षक-शिक्षिका र विद्यार्थीहरुबीचको सक्रिय अन्तर्क्रिया हो। यसबाट स्वास्थ्यप्रति टर्कीका युवा-युवतीको महत्व र चीन, विशेष गरी चीनको चिकित्सा प्रणालीबारे बुझ्न चाहेका कुराहरू पनि उनीहरुले प्राप्तगरेका छन्।

चित्र प्रतियोगिताका रचनाहरुमध्ये टर्कीकी विद्यार्थी जेसिका दुर्दुको चित्र "घरमा बसौं"ले प्रतियोगिताको पहिलो स्थान प्राप्त गरेको छ। दुर्दुका अनुसार, कछुवाको शरीर देख्दा व्यक्तिको विचारमा "घर" जस्तै विचार आउँछ। "घरमा बसौं" नाराको साथमा कछुवाले मानिसलाई के कसरी "घरमा बस्ने"कुरा राम्रोसँग दर्शाएको छ। दुर्दु भन्छिन्,

कछुवाको शरीरको बाहिरि भाग निकै कडा हुन्छ र यो उसको संरक्षण गर्ने घर हो। विश्वले कोरोना भाइरस महामारीको प्रतिरोध गर्ने प्रक्रियामा मानिसहरुले "घरमा बस्ने" बेलामा स्वास्थ्यको संरक्षण गर्नसक्ने आशा मैले राखेकी छु।

टर्कीको मध्य-पूर्व प्रविधि विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्यूतका प्रमुख तु युनले यस्तै कार्यक्रममार्फत विद्यार्थीहरुको सकारात्मक धारणाबारे जानकारी लिनसक्ने आशा राख्नुभयो।

टर्कीका विद्यार्थीहरुद्वारा ब्रशमार्फत महामारी प्रतिरोध अभिव्यक्त

दुर्दुले कला मानव भावना तथा विचार अभिव्यक्त गर्ने सबैभन्दा उपयोगी तरिकामध्येको एक हो भन्दै विश्वमा कोरोना भाइरस महामारीको फैलावटको स्थितिमा मध्य-पूर्व प्रविधि विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्यूतद्वारा आयोजित यस पटकको "ब्रशमा महामारी प्रतिरोध सम्बन्धी युद्ध" विषयक चित्र प्रतियोगिताको महत्वपूर्ण अर्थ रहेको ठहर गरेकी छिन्। उनी भन्छिन्,

विश्वका लागि कोरोना भाइरस महामारी त्रास-धम्की भएको बेलामा महामारीको प्रतिरोधका लागि मानव चेतनालाई बढाउनका लागि कलामार्फत आयोजित यस पटकको कार्यक्रम मलाई अर्थपूर्ण लागेको छ।