इनारको भ्यागुतो सम्बन्धी कथा
2020-07-08 09:31:52CRI
Share with:

इनारको भ्यागुतो सम्बन्धी कथा

छिपछिपे पानी समेत नभएको एउटा इनारमा एउटा भ्यागुतो बस्दथ्यो। त्यो भ्यागुतो सधैं खुशी रहन्थ्यो। एक दिनको कुरो थियोः त्यस भ्यागुताले पूर्वी सागरबाट आएको एक स्थुलकाय कछुवालाई भन्योः "मलाई अतिशय खुशी लागेको छ, बाहिर घुमफिर गरेपछि इनारको छेउमा राखिएको बारमा उफ्रँदै रमाउँदै गर्छु, इनारमा फर्केर इनारको मक्किएको ईंटको भित्ताको प्यालमा बसेर आराम गर्नपाउँछु। इनारको हिलोमा खुटा टेक्दा मेरा दुइ खुट्टाका सतहसम्म हिलो मात्र हुन्छ। ती स-साना किरा, झिंगा तथा भ्यागुता वा पाहाका भुरा हेर्दा कति साना लाग्छन। र तिनीहरु मेरो तुलनामा आउन सक्दैनन। म यस इनारको मालिक हुँ र इनारमा उफ्रँदै खेल्दै र आराम गर्दै कति मज्जा हो कति। तपाईं इनारमा आएर निरिक्षण गर्नुहोस् न।"