चालु वर्षको पूर्वार्द्धमा चीनको व्यापारको अवस्था
2020-07-16 18:07:01CRI
Share with:

चालु वर्षको पूर्वार्द्धमा चीनको व्यापारको अवस्था

चीनको भन्सार मुख्यालयले जुलाई १४ तारिख जारी गरेको तथ्याङ्क अनुसार चालु वर्षको जनवरीदेखि जुनसम्म चीनको मालसामान व्यापार आयात नियातको कूल मात्रा १४२ खर्ब ४० अर्ब चिनियाँ युआन रहेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३.२ प्रतिशतले घटेको छ। यसमध्ये जुन महिनामा निर्यातको बृद्धि ४.३ प्रतिशतले बढेको छ भने आयातको बृद्धि ६.२ प्रतिशतले बढेको छ। यस वर्षमा पहिलो पटक आयात र निर्यातको सकारात्मक वृद्धि भएको हो। चीनको आयात निर्यात पुनःरुत्थान भएको अवस्था पूर्वानुमानभन्दा राम्रो देखिन्छ।

जुलाई १४ तारिख आयोजना भएको पत्रकार सम्मेलनमा भन्सार मुख्यालयका प्रेस प्रवक्ता एवं तथ्याङ्क तथा विभागका प्रमुख ली ख्वी वनले जानकारी दिनुभएअनुसार यस वर्षको पूर्वार्द्धमा चीनका अघिल्ला दश ठूलो व्यापारिक साझेदारीहरुबाट हेर्दा आधा बढेको र आधा घटेको छ। बेल्ट एण्ड रोड सम्बन्धी तटवर्ती मुलुकको बजारमूलक संचिति लगातार विकसित भैरहेको छ जसले चीनको विदेशी व्यापारलाई आधारभूत स्थिर पार्नेमा महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। दोस्रो त्रैमासिक अवधिमा आठ साझेदारी मुलुकसँगको व्यापारको बृद्धि देखिन्छ। यसमध्ये आशियानसँगको व्यापार उल्लेखनीय सकारात्मक देखिन्छ। किनभने यस क्षेत्रको समष्टिगत महामारी अवस्था राम्रो छ। साथै हाल केही वर्षयता आशियान मुलुक र चीनबीचको आर्थिक तथा व्यापारिक सहयोग लगातार रुपमा गहन पारिँदै आपसी उद्योग शृङ्खला अझ घनिष्ट बन्दै गएको छ। द्बिपक्षीय व्यापार स्थिर बढ्दै गएको छ। चालु वर्षको पूर्वार्द्धमा चीन र आशियानबीचको आयात निर्यात मात्रा २० खर्ब ९० अर्ब युआन पुगेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५.६ प्रतिशतले बढेको हो। यो मात्रा चीनको कूल विदेशी व्यापारमा १४.७ प्रतिशत रहेको छ।

सम्बन्धित तथ्याङ्कअनुसार चीनको महामारी रोकथाम सामग्री, "अनलाइन अर्थतन्त्र"सम्बन्धी सामानको निर्यात तीब्र गतिले बढेको छ। यस वर्षको पूर्वार्द्धमा मास्क लगायत बस्तुको निर्यात ३२.४ प्रतिशतले बढेको छ। औषधि र चिकित्सा उपकरणको बृद्धि क्रमशः २३.६ र ४६.४ प्रतिशतले बढेको छ।

प्रेस प्रवक्ता लीका अनुसार महामारीबाट प्रभावित पूर्ण संसार गहिरो परिवर्तित भैरहेको छ। विश्व अर्थतन्त्रमा गहन रुपमा ह्रास आइरहेको छ। अन्तर्राष्ट्रिय व्यापार र लगानी ठूलो परिमाणमा घटेको पृष्ठिभूमिमा चीनको विदेशी व्यापारका सामु गम्भीर तथा जटिल विकास वातावरण देखापरेको छ। यस वर्षको उत्तरार्द्धमा आयात निर्यात परिस्थिति निरन्तर गम्भीर हुने छ। तापनि चीनको विदेशी व्यापारको विकाससँग बलियो लचिलोपन शक्ति रहेको छ। विदेशी व्यापारलाई स्थिर बनाउने शृङ्खलाबद्ध कदमको साथमा चीनले आयात निर्यातको स्थिरता र गुणस्तरलाई कायम राख्दै जाने विश्वास लिएको छ।