#आँखीझ्याल# चीनमा महामारीको प्रतिरोध गर्ने अफ्रिकी विद्यार्थीद्वारा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त
2020-07-17 15:37:31CRI
Share with:

#आँखीझ्याल# चीनमा महामारीको प्रतिरोध गर्ने अफ्रिकी विद्यार्थीद्वारा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त

हालैका वर्षहरूमा धेरै अफ्रिकी युवायुवतीहरू उच्च अध्ययनका लागि चीन आएका छन्। योसँगै उनीहरू चीन र अफ्रिकाको मित्रताको प्रचार-प्रसार गर्ने दूत बनेका छन्। कोरोना भाइरस महामारीको अवधिमा अफ्रिकी युवायुवतीहरूले चिनियाँ साथीसँग मिलेर महामारीको प्रतिरोध पनि गरेका थिए। उनीहरूले स्वयमसेवक बनेर सेवा प्रदान गरेका थिए भने उनीहरूलाई त्यो अवसर उपलब्ध गराउनुका साथै मद्दत गरेका चिनियाँ गुरु तथा चिनियाँ सहपाठीप्रति धन्यवाद ज्ञापन गरेका छन्।

अफ्रिकी मुलुक बेनिनबाट आएका युवा ता मीङ चिनियाँ भू-विज्ञान विश्वविद्यालयमा पिएचडी गर्दै छन्। कोरोना भाइरस महामारीको अवधिमा उनी वुहानस्थित विश्वविद्यालयमा नै थिए। उनले तेह्र वटा मुलुकका विद्यार्थीहरूसँग मिलेर "आइरोन म्यान" नामक स्वयंसेवक मण्डलको स्थापना गरेका थिए। उनीहरूले विश्वविद्यालयलाई सामानको ढुवानी तथा वितरण कार्य र खानाको अर्डर तथा वितरण कार्यमा सहयोग गरेका थिए। साथै उनीहरूले विश्वविद्यालयका तीन सय बीस जना विदेशी विद्यार्थीको दैनिक जीवनको प्रत्याभूति गर्न पनि सहयोग गरेका थिए।

ता मीङकाअनुसार, प्रत्यक्ष सम्पर्क नगर्नका लागि उनीहरूले सहपाठीलाई सामान वितरण गर्दा तीन पटक ढोका ढक्ढक्याउने गर्दथ्यो। त्यसको बीस मिनेटपछि सहपाठीले ढोका खोलेर सामान लिने गर्दथे। ता मीङ भन्छन्

"हामीले सहपाठीसँग नजिकबाट सम्पर्क गर्नुहुँदैन, सिधै हातबाट उनीहरूलाई सामान दिनुहुँदैन। यसरी सुरक्षित रहन सकिन्छ।"

"आइरोन म्यान" नामक स्वयंसेवक मण्डलका अर्का सदस्य नाइजेरियाका विद्यार्थी वाङ सिनकाअनुसार, प्रतिदिनको स्वयंसेवा कार्य जटिल थियो र दिनभर नै व्यस्त हुन्थ्यो। तर उनले खुशीको अनुभव सङ्गालेका छन्। उनी भन्छन् "स्वयंसेवा मण्डलमा संलग्न हुनपाउनु एक मूल्यवान अनुभव हो। स्वयंसेवामा‍र्फत सबैको कठिनाइको सामना गर्ने आशा मैले लिएको छु। सहपाठीलाई सहयोग गर्नपाएकोमा मलाई खुशी लागेको छ।"

नानचिङ शहरस्थित तुङ नान विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या एक हजार एक सय छ। महामारीको अवधिमा विश्वविद्यालयमा छ सय जना विदेशी विद्यार्थी थिए। ती विद्यार्थीमध्ये ४० प्रतिशत विद्यार्थी अफ्रिकी हुन्। केही विदेशी विद्यार्थीहरूले चिनियाँ गुरुसँग च्याउ च बनाउन सिकेका छन्। तान्जानियाका विद्यार्थी सुवेदी भन्छन् "यस महामारीको बेलामा धेरै विदेशी विद्यार्थीहरू विश्वविद्यालयमा नै छन्। विश्वविद्यालयले केही कार्यक्रमहरूको आयोजना पनि गरेको छ। यस्ता कार्यक्रमहरूले हामी सबैलाई खुशी बनाएको छ।"

महामारीको बेलामा तुङ नान विश्वविद्यालयले लकडाउन व्यवस्थापन कदम चालेको थियो। विद्यार्थीको शपिङका लागि सुविधा उपलब्ध गराउनका लागि विश्वविद्यालयले विद्यालयभित्र थप सुपरमार्केट खोलेको छ। यसबाहेक, तुङ नान विश्वविद्यालयले पनि विदेशी विद्यार्थी स्वयंसेवक टोलीको गठन गरेको छ। तुङ नान विश्वविद्यालयअन्तर्गत विदेशी शिक्षा विभागका शिक्षिका यिन को भन्छिन् "केही विदेशी विद्यार्थी स्वयंसेवक विद्यार्थी दूत बनेका छन्। विद्यार्थी दूतले विद्यार्थीहरूमा सूचनाको प्रचार-प्रसार गर्ने कार्यको जिम्मा लिएका छन्। विद्यार्थी दूतले सम्बन्धित सूचनाहरू छात्रवासका व्यवस्थापकलाई दिन्छन्। विदेशी विद्यार्थी कार्यालयले पहिलो समयमा सम्बन्धित अवस्थाबारे जानकारी लिएपछि विश्लेषण गर्ने गर्दछ। सूचना जरुरी वा महत्वपूर्ण छ भने हामीले हाम्रो विश्वविद्यालयको महामारी रोकथाम तथा नियन्त्रण टोलीलाई जानकारी गराउने गर्दछौं।"

आकस्मिक रुपमा आएको कोरोना भाइरस महामारीको सम्झना गर्दै नाइजेरियाका विद्यार्थी वाङ सिन भन्छन् "म अफ्रिकी विद्यार्थीहरूलाई सहयोग गरेका सबैजनालाई धन्यवाद व्यक्त गर्न चाहन्छु। विद्यालयले चालेका विभिन्न कदमप्रति पनि म आभारी छु।"