लाओ शान पहाडका ताउ धर्मका सन्न्यासी सम्बन्धी कथा-1
2020-07-22 10:04:01CRI
Share with:

लाओ शान पहाडका ताउ धर्मका सन्न्यासी सम्बन्धी कथा-1

[भूतप्रेत सम्बन्धी अनौठो उपन्यास संग्रह] भन्ने किताब चीनको प्राचीनकालको एक प्रसिद्ध उपन्यास संग्रह हो। त्यसमा धेरै रोचक र मज्जाका कथाहरु संकलन गरिएको छ। तीनमा [लाओ शान् पहाडका ताउ धर्मका सन्न्यासी सम्बन्धी कथा] चीनमा धेरै चर्चित छ।

कथाको विषय यस प्रकार छः समुद्रको किनार अवस्थित लाओ शान् पर्वतमा एकजना ऋषि बसेका छन। मानिसहरु उनलाई लाओ शान् पहाडका ताउ धर्मका सन्न्यासी भन्ने गरेका थिए। उनी साधारण मानिसले बुझ्न नसक्ने धेरै तन्त्रमन्त्र गर्न र जादू गर्नमा निपूर्ण थिए। लाओ शान् पहाडदेखि कैयौं सयको दूरीमा पर्ने जिल्ला सदरमुकाममा वांग छि नामका एकजना मान्छे बस्दथे। सानैदेखि तन्त्रमन्त्र गर्न र जादू गर्न निकै मन परेको र लाओ शान् पहाडमा ताउ धर्मका एकजना सन्न्यासी बसिरहेको कुरा सुनेर आफ्नो परीवारका सदस्य, नाता-गोतासित बिदा मारेर उनी ऋषिसित भेट गर्न लाओ शान् पहाडतीर गए। वांग छिले लाओ शान् पहाड पुगेपछि सन्न्यासीसित भेट गर्न पाए। कुराकानीका क्रममा ती ताउ धर्मका सन्न्यासी निकै दक्ष भएको अनुभव गरेर आफूले सन्न्यासीको शिष्य बन्न चाहेको बिन्ती गरे। सन्न्यासीले एक छिन उसको मुखमा हेरेर भनेः "मलाई तिमी आमा-बाबुको पुल्पुल्याहटमा हुर्किएको जस्तो लाग्छ। दुःखकष्ट झेल्न सक्छौ तिमी ? " वांग छिले निकै विनम्रताका साथ अनुरोध गरेपछि उनलाई शिष्य बनाउन सन्न्यासी सहमत भए।