टर्कीको पर्यटकीय गाउँ गोरेमे चिनियाँ पर्यटकको प्रतिक्षामा
2020-08-10 10:22:31CRI
Share with:

टर्कीको पर्यटकीय गाउँ गोरेमे चिनियाँ पर्यटकको प्रतिक्षामा

केही समय अघि एउटा प्रसिद्ध गीत "म तिमीलाई रोमान्टिक टर्की लैजान चाहन्छु" ले चिनियाँ पर्यटकहरुको टर्की यात्रालाई अघि बढाएको थियो। यद्यपि कोरोना भाइरस महामारीको फैलावटको कारण टर्कीको पर्यटन उद्योग धरायशी छ। कोरोना भाइरस महामारीपछि चिनियाँ पर्यटकले चाँडै नै टर्कीको भ्रमण गर्नसक्ने र सन् २०२३ मा टर्की स्थापनाको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा १० लाख चिनियाँ पर्यटकले टर्कीको भ्रमण गर्नसक्ने आशा टर्कीको पर्यटन उद्योगका सम्बन्धित व्यक्तिहरुले राखेका छन्।

टर्कीको पर्यटकीय गाउँ गोरेमे चिनियाँ पर्यटकको प्रतिक्षामा

विगत केही वर्षदेखि लोकप्रिय गीत र प्रशस्त पर्यटन स्रोतका कारण टर्कीको पर्यटन बजार चीनमा "तिब्र गतिले"लोकप्रिय हुँदै आएको छ। सन् २०१८ मा विदेश भ्रमण गरिएका मुलुकहरुमध्ये टर्कीको भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या सबैभन्दा धेरै मात्रामा वृद्धि भएको थियो। जुन सन् २०१७को तुलनामा ५९ प्रतिशतले वृद्धि भएको थियो भने टर्कीको भ्रमण गर्ने चिनियाँ पर्यटकहरुको कूल संख्या करिब ४ लाख पुगेको थियो।

टर्कीको भ्रमणको अवधिमा गोरेमेको तातोहावा बेलुन, फेथियेको प्याराग्लाइडिङ र देनिजलीको पामुकाले चिनियाँ पर्यटकहरुलाई सबैभन्दा बढी मन पर्ने खेल र दृश्यावलोकन स्थलहरू हुन्। तीमध्ये गोरेमेको तातोहावा बेलुनमा बस्ने हरेक चिनियाँ पर्यटकले टर्कीको भ्रमणका क्रममा अनुभव गर्नुपर्ने खेल गतिविधि हो। जसकारण गोरेमेको भ्रमण गर्ने चिनियाँ पर्यटकहरू सबैभन्दा धेरै छन् साथै चिनियाँ पर्यटकहरुले गोरेमेको भ्रमण गर्ने कूल विदेशी पर्यटकहरुमध्ये २० प्रतिशत भाग ओगटेका छन्।

टर्कीको पर्यटकीय गाउँ गोरेमे चिनियाँ पर्यटकको प्रतिक्षामा

याभुज मुराट स्थानिय "पुतली" तातोहावा बेलुन कम्पनीका जिम्मेवार व्यक्ति र सञ्चालक हुन्। यसका साथै उनी केही होटेल पनि संचालन गर्छन्। उनका अनुसार, सन् २०१९ मा करिब ६ लाख पर्यटकहरू गोरेमेमा तातोहावा बेलुनमा बसेका थिए र तीमध्ये चिनियाँ पर्यटकहरुको संख्या अत्याधिक थियो। उनले भने,

पोहोर साल २२,००० जति पर्यटकले हाम्रो कम्पनीको तातोहावा बेलुन यात्राको अनुभव गरेका थिए। मेरो होटेलले ५५,००० पर्यटकको सत्कार गरेको थियो। ७० प्रतिशत त चिनियाँ पर्यटकहरू मात्र थिए।

टर्कीको पर्यटकीय गाउँ गोरेमे चिनियाँ पर्यटकको प्रतिक्षामा

यद्यपि सन् २०२० मा आकस्मिक रुपमा देखा परेको कोरोना भाइरस महामारीले गोरेमेका बासिन्दाहरुको नयाँ वर्षको योजनालाई विथोलेको छ। विश्व भर कोरोना भाइरस महामारीको फैलावटका कारण चालू वर्षको मार्च महिनादेखि टर्कीले सबै अन्तर्राष्ट्रिय उडान सेवा बन्द गरेको छ। पहिले भीड दिने गोरेमे शान्त छ। गोरेमेका प्रमुख ओमर एरेनले गोरेमेमा एक जना पनि संक्रमित नभए तापनि विश्व महामारीको प्रभावका कारण सो गाउँको पर्यटन उद्योगमा पनि गम्भिर क्षति भएको जानकारी दिनुभयो,

सौभाग्यको कुरा भनेको यहाँ एक जना पनि संक्रमित देखिएको छैन। तथापि महामारीले गोरेमेको पर्यटन उद्योगलाई गम्भिर प्रभाव पारेको छ।

महामारीको स्थितिमा सुधार हुँदै आएको परिप्रेक्ष्यमा टर्कीले जुन १ तारिखदेखि बन्द कदमहरुलाई खारेज गर्दै आएको छ। आर्थिक विकासका साथै महामारीको प्रतिरोध र नियन्त्रणका लागि गोरेमेले टर्कीको संस्कृति र पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयको मांग अनुसार, सम्पूर्ण पर्यटन स्थलमा नियमित रुपमा विषाणु तथा कीटाणुशोधन गर्दैआएको छ।

विशेष गरी तातोहावा बेलुन कम्पनीको संचालन, तातोहावा बेलुनमा बस्ने पर्यटकको संख्या र स्वास्थ्य तथा सुरक्षा क्षेत्रमा गोरेमेले स्पष्ट मांग प्रस्तुत गरेको छ।