गाडी एक दिशातिर, पांग्राको चिन्ह अर्कोतिर
2020-08-12 10:58:28CRI
Share with:

गाडी एक दिशातिर, पांग्राको चिन्ह अर्कोतिर

ईसा पूर्व पाँचौ शताब्दीदेखि तेस्रो शताब्दीसम्म चीन युद्ध राज्यकाल अवधिमा थियो। त्यस बेला चीनमा धेरै रजौटाहरुको अधीनमा स-साना राज्यहरु थिए। उनीहरुका बीच पटक-पटक लडाईं भइरहन्थ्यो। त्यसैले ती स-साना राज्यहरुमा राजाका पक्षमा षडयन्त्र गर्ने केही षडयन्त्रकारी र बुद्धिमानहरु देखापरेका थिए। उनीहरुले राजालाई केही कुरा भन्दा गहन उपमा दिंदै राजालाई आफ्नो प्रस्ताव मान्न लगाउने गरेका थिए। " नान् युआन् पै ट" भन्ने कथा वै राज्यका भारादार ची ल्यांगले वै राज्यका राजालाई सम्झाउँदाको कथा हो। यहाँनेर श्रोताहरुलाई एउटा कुरा ब्याख्या गर्नु आवश्यक छ। नान् भनेको दक्षिण र युआन् भनेको गाडी तान्ने पशुलाई च्याप्ने दुइवटा लामा लट्ठी, पै भनेको उत्तर र ट भनेको गाडीको पांग्राको चिन्ह हो। पशुलाई च्याप्ने ती दुइवटा लामा लट्ठी अर्थात युआन्ले गाडी चल्ने दिशाको प्रतिनिधित्व गरेका छन भने ट भनेको गाडीको पांग्राको छाप नै हो। यो उखानबाट क्रियाकलाप र उद्देश्य विपरित भएको वा दुइ कुराको विकासको दिशा उल्टो भएको भन्ने अर्थ दिइएको छ।

युद्ध राज्यकालमा स-साना राज्यहरुले प्रभुत्व जमाउन खोजेका थिए। वै राज्यका राजाले विश्वमा प्रभुत्व जनाउने आकांक्षा लिए। उनले चाउ राज्यको राजधानी हान् तानलाई आफ्ना सामु आत्मसमर्पण गराउने विचार गरे। वै राज्यका भारादार वै ल्यांग अरु देशको भ्रमणमा गएका थिए। यो खबर सुनेपछि उनी निकै चिन्तित भए। उनी हतारपतार गर्दै वै राज्य फर्के र सिधै वै राज्यका राजाको दर्शन गर्न राजदरबार गए।