#आँखीझ्याल# बोन्साई विरुवाको मुख्य स्थलको नयाँ आकर्षण
2020-08-28 16:32:58CRI
Share with:

#आँखीझ्याल# बोन्साई विरुवाको मुख्य स्थलको नयाँ आकर्षण

शाङहाई विश्वको प्रसिद्ध अन्तर्राष्ट्रिय शहर हो। शाङहाईका मातहत गाउँहरू कस्ता छन्? शाङहाईको पहिलो चरणका ग्रामीण पुनरुत्थान नमूना गाउँहरूमध्येको एक युआन यीले फूल र बिरुवा व्यवसायको विकास गर्दैआएको छ। चीनको "प्रसिद्ध बोन्साई गाउँ" कहलाइएको युआन यी गाउँ हाल चीनको पूर्वी क्षेत्रको सबैभन्दा ठूलो बोन्साईको उत्पादन आधार क्षेत्र बनेको छ।

युआन यी गाउँ शाङहाई नगरपालिकाको छुङ मिङ क्षेत्रको काङ यान बस्तीको पूर्वमा पर्दछ। यो गाउँका आठ सय जना वासिन्दा छन्। तीमध्ये ८५ प्रतिशतका बासिन्दा बोन्साई र फूलको व्यवसाय गर्छन्। यो गाउँको बोन्साईको वार्षिक उत्पादित मात्रा करीब करोडौं चिनियाँ युआन पुगेको छ।

चालु वर्ष ६५ वर्षीय वासिन्दा माउ चिन छाङले पाँच वर्षअघि अवकाश गरेपछि बोन्साई बिरुवा रोप्न थालेका थिए। हाल उनको आम्दानी राम्रो छ। माउ भन्छन् "बिक्री बाटो राम्रो छ। मैले गत अप्रिल र मे महिनामा दुई लाख चिनियाँ युआनको बोन्साईको बिक्री गरेको थिएँ। चीनको विभिन्न क्षेत्रका मानिसले खरीद गर्न यहाँ आए।"

बोन्साईको आकार सुन्दर र दीर्घकालीन इतिहास छ, चिनियाँले मन पराउने वागवानी बिरुवा हो। गत वर्षको उत्तरार्द्धयता काङ यान बस्तीले संघको स्थापना गरी शाङहाई र अरु प्रान्तका विशेषज्ञलाई किसानसँग बोन्साई प्रविधि सिकाउन निमन्त्रण गरेको थियो।

सन् २०१८ मा शाङहाईले ग्रामीण पुनरुत्थान नमूना गाउँको निर्माण शुरु गरेको थियो। यो निर्माणको उद्देश्य गाउँको सुन्दर वातावरण, गहिरो सांस्कृतिक आकर्षण, दिगो विकास प्रणाली देखाउनु हो।

माउ चिन छाङकाअनुसार, उनको घर युआन यी गाउँ शाङहाईको ग्रामीण पुनरुत्थान नमूना गाउँको नामावलीमा छनौट गरिएपछि मर्मण गरिएको उपलब्धि हो। माउ भन्छन् "सरकारले सेतो पर्खाल र खैरो टाइलको पेन्ट स्प्रे गरेको छ। घरको वरिपरीको फोहोर हटाइयो। लामखुट्टे र फ्लाइ कम भयो। वातावरण राम्रो बनेको छ। मानिस पनि आनन्द भए। हामी सुन्तुष्ट छौँ।"

युआन यी गाउँमा विभिन्न परिवारले सेतो पर्खाल र खैरो टाइलको आबास सारेको छ। ग्रामीण क्षेत्रको नयाँ अनुहार देखिएको छ।

युआन यी गाउँको ग्रामीण पुनरुत्थान नमूना गाउँका अधिकारी शन चुङ ख्वैकाअनुसार, हाल युआन यी गाउँले चार क्षेत्रमा सुध्रेको छ। उनी भन्छन् "पहिलो, युआन यी गाउँको बोन्साईको गुणस्तर माथि उकासिएको छ। किनभने हाम्रो अर्थतन्त्र बोन्साईमा भर पर्छ। दोस्रो, पानी प्रणाली सुध्रिएको छ। तेस्रो, किसानको आबासको रुप सुध्रिएको छ। वातावरण स्वच्छ बनेको छ। सडक पनि सुध्रिएको छ। यहाँ आउने पर्यटकहरू बढी छ। त्यसैले गाउँ प्रसिद्ध बनेको छ। यहाँ आउने व्यापारीमा पनि बृद्धि भएको छ।"

हाल शाङहाईका दोस्रो चरणको ग्रामीण पुनरुत्थान नमूना गाउँको निर्माण तीब्र रुपमा चलिरहेको छ। योजनाअनुसार, सन् २०२२सम्म शाङहाईले ९० वटाभन्दा बढी ग्रामीण पुनरुत्थान नमूना गाउँ, २०० वटा सुन्दर गाउँको नमूना गाउँको निर्माण गर्ने छ।