चिनियाँ पर्यटकको प्रतिक्षामा टर्कीको पर्यटन स्थल
2020-08-31 10:35:22CRI
Share with:

चिनियाँ पर्यटकको प्रतिक्षामा टर्कीको पर्यटन स्थल

मध्य सागरको किनारामा अवस्थित फेथसिये टर्कीको एक प्रसिद्ध पर्यटन स्थल हो। हाल नयाँ कोरोना भाइरस महामारी चौतर्फी रुपमा हटिसकेको छैन, तैपनि फेथसियेका मेयर अलिम काराचाले फेथसियेका विभिन्न क्षेत्रले चिनियाँ पर्यटकहरुको भ्रमणको प्रतिक्षा गरिरहेको र चीनसँग विभिन्न क्षेत्रमा सर्वतोमुखी सहयोग गर्ने इच्छा लिएको व्यक्त गर्नुभएको छ।

टर्कीको फेथसिये युरोप र अमेरिकाका पर्यटकहरुलाई मनपर्ने एउटा पर्यटन स्थलको रूपमा विकसित हुँदै आएको छ। विगत केही वर्षदेखि अरु बढी चिनियाँ पर्यटकहरुले फेथसियेको भ्रमण गर्न थालेका छन्। सन् २०१९ मा फेथसियेले सत्कार गरेका चिनियाँ पर्यटकहरुको संख्या ४० हजार पुगेको थियो। फेथसियेका मेयर अलिम काराचाले चिनियाँ पर्यटकहरुलाई सुविधा प्रदान गर्नका लागि फेथसिये शहर सरकारले गत वर्षदेखि चिनियाँ भाषामा सडक चिन्ह राख्नुका साथै अनेकन् कदम समेत चाल्दै आएको छ। टर्कीको दालामान अन्तर्राष्ट्रिय विमानस्थल फेथसियेको प्रवेशद्वार भएको हुनाले फेथसिये सरकारले दालामान र चीनको छङ तु शहर बीच प्रत्यक्ष उडान खोल्न सक्रियताका साथ प्रयास गरेको छ। काराचाले भन्नुभयो,

दालामान अन्तर्राष्ट्रिय विमानस्थल र छङ तु शहर बीचको प्रत्यक्ष उडानको संचालन सकेसम्म छिटो गर्नका लागि हामी र दालामान अन्तर्राष्ट्रिय विमानस्थलले संयुक्त प्रयास गरिरहेका छौं। यदि प्रत्यक्ष उडान भएमा फेथसियेको पर्यटन उद्योगको विकास र टर्की-चीन मित्रतालाई अघि बढाउन उपयोगी हुनेछ।

प्यारागलाइडिङद्वारा आकाशमा मध्य सागरको शानदार दृश्य अवलोकन गर्नु फेथसियेको एउटा आकर्षण हो। फेथसिये शहर सरकारले सन् २०१९ मा चीनसँग सम्बन्धित सहयोग र आदान-प्रदान कार्यक्रम थालेको थियो। सन् २०१९ को अक्टोबरमा क्वै चौ प्रान्तको खेलकुद व्यूरोले निमन्त्रणा स्वीकार्दै भएर फेथसियेमा हरेक वर्ष आयोजना हुने आकाशे खेल महोत्सवमा भाग लिएको थियो। सोही वर्षको डिसेम्बरमा फेथसिये शहर सरकारले पनि सम्बन्धित टोलीको गठन गरी क्वै चौको भ्रमण गरी "क्वै चौको आकाशमा उडौं" शीर्षकमा अन्तर्राष्ट्रिय प्यारागलाइडिङ प्रतियोगितामा भाग लिएको थियो। काराचाले यस्तै आदान-प्रदान कार्यक्रम निकै हितकर भएको र यसको निरन्तरता हुनुपर्ने ठहर गर्दै भन्नुभयो,

क्वै चौले हाम्रो प्रतिनिधि मण्डलको राम्रोसँग सत्कार गरेको थियो। यस्तो किसिमको सहयोगको निरन्तरता हुनुपर्ने मेरो ठहर छ। यदि दुवै पक्षले लगातार रुपमा सहयोग गरेमा उत्कृष्ट उपलब्धि हासिल गर्ने छ भन्ने मलाई लाग्छ।

चालू वर्ष आकस्मिक रुपमा देखा परेको नयाँ कोरोना भाइरस महामारीले टर्की र चीन बीचको सहयोगात्मक योजनालाई ध्वस्त पार्नुका साथै फेथसियेको पर्यटन उद्योगमा ठूलो प्रभाव पारेको छ। यद्यपि काराचाले फेथसिये सरकारले पर्यटन एक्सपोमा सहभागी हुने कुराबारे सोच-विचार गरी चिनियाँ साथीहरुलाई फेथसियेको पर्यटन स्रोत सिफारिश गर्ने बताउनुभयो।

चीनमा आयोजना हुने पर्यटन एक्सपोमा सहभागी हुने कुराबारे हामीले सोच-विचार गरिरहेका छौं। शहर सरकार मात्रै नभई हाम्रा लोक संस्थाहरु पनि जाने छन्। महामारीको कारण एक्सपो रद्द गरिएको थियो। त्यसको पुन:संचालनपछि हामीले भाग लिनसक्ने आशा राखेका छौं।

महामारी चौतर्फी रुपमा नहराए तापनि फेथसिये शहर सरकारले स्थानीय पर्यटन स्थललाई कडा रूपमा जीवाणुरहित बनाउन काम गर्नुपर्ने आदेश दिएको जाकारी काराचाले गराउनुभयो। चिनियाँ पर्यटक लगायत विदेशी पर्यटकहरु चाँडै फेथसियेको पुन:भ्रमण गर्नसक्ने आशा उहाँले राख्नुभयो।

चिनियाँ पाहुनाहरु हाम्रा लागि एकदम महत्वपूर्ण छन्। फेथसियेमा चिनियाँ साथीहरुको सत्कार गर्नसक्ने अपेक्षा हामीले गरेका छौं।