#अल्पसंख्यक जाति# ४५०० मिटरको उचाइको तिब्बती भूमिमा सय किलोको फर्सी
2020-09-01 13:53:24CRI
Share with:

#अल्पसंख्यक जाति# ४५०० मिटरको उचाइको तिब्बती भूमिमा सय किलोको फर्सी

६१ वर्षीय याङ्ग माउ लु तिब्बत आली क्षेत्रको कार जिल्लाको पर्यावर्णीय कृषि व्यवसाय पार्कमा काम गर्नुहुन्छ। उहाँले तिब्बतमा ११ वर्ष तरकारी खेती गर्नुभयो। पहिले उहाँको घर पल्लो शान्सीमा हुँदा उहाँले एउटा ५५ किलोग्रास वजनको फर्सी फलाउनु भएको थियो। तिब्बतको समुद्री सतह बाट ४५०० मिटर उचाइमा रहेको आली क्षेत्रमा गत वर्ष उहाँले आफ्नो नयाँ रेकर्ड सिर्जना गरेर एउटा लगभग ७५ किलोग्रासको फर्सी फलाउनुभयो। त्यसका साथै यस वर्ष उहाँले कम्तिमा १०० किलोग्रामको हुने अनुमान रहेको छ।

वास्तवमा याङ माउलुले खरबुजा खेती प्रविधि अझ राम्रो छ। उहाँले फलाउनुभएको खरबुजा सस्तोमा एक किलोको चालीस युआन पर्दछ। उहाँका अनुसार, आली क्षेत्रमा विहान तथा रातीमा तापमानको भिन्नता ठूलो भएका हुनाले खरबुजा अझ मिठो र स्वादिलो हुने गर्छ।

"म तीस वर्षको उमेरदेखि खरबुजा, फर्सी र साग खेतीमा लागेको हुँ। यहाँ आएर तिब्बती साथीहरू र नेतागणले मलाई मन पराउनुका साथै प्रशंसा गरेका छन्। मेरो जीवन ज्यादै सफल छ।"

कार जिल्ला भारतको नियन्त्रणमा रहेको कश्मिर क्षेत्रसँग जोडिएको छ। यो तिब्बतका २१ वटा सीमावर्ती जिल्लामध्येको एक हो। त्यहाँ औसत उचाइ ४५०० मिटरमा जनसंख्या ४२ हजार रहेको छ साथै तिब्बती, हान लगायतका २७ जातिका मानिस बसोबास गरेका छन्।

उचाइ भएकाले त्यहाँ थोरै किसिमका तरकारी पाइन्छ। यो समस्याको समाधान गर्नुका साथै रोजगारीलाई अघि बढाउन र गरिबी निवारणमा स्थानीय सरकारले सन् २०११ देखि लगानी गरेर कार जिल्ला पर्यावरणीय कृषि व्यवसाय पार्कको निर्माण गरेको थियो। अहिलेसम्म उक्त पार्कमा ६ करोड चिनियाँ युआनभन्दा बढी लगानी भइसकेको छ।

अहिले पार्कमा ३० भन्दा बढी किसिमका तरकारी, फलफूल रोपिएको छ। यी उत्पादनले स्थानीय नागरिकको तरकारी आपूर्तिलाई प्रशस्त बनाएको छ।

यसका साथै पर्यावरणीय पार्कले स्थानीय गरिव किसानलाई खेती प्रविधि तालिम पनि प्रदान गरेर पार्कमा पनि रोजगारी प्रदान गर्दै आएको छ। अहिलेसम्म स्थानीय किसान र पशुपालकले पार्कबाट २२ लाख चिनियाँ युआनको आम्दानी गरेका छन्।

पहिले ३७ वर्षीय तिब्बती सुज्ञा पशुपालक हुनुहुन्थ्यो। त्यसबेला हरेक वर्ष उहाँको परिवारका चार जनाको जम्मा आम्दानी तीन हजार युआन मात्रै थियो। सन् २०१६ को डिसेम्बरदेखि स्थानीय सरकारको गरिबी उन्मुलन कार्यक्रमद्वारा सुज्ञा परिवारलाई पशुपालन क्षेत्रबाट कार जिल्लामा सारिएको छ। उक्त चार जनाको परिवारले १०० वर्गमिटरको दुइतले भवन पाएका छन्।

सन् २०१७ मे महिनादेखि सुज्ञाले पर्यावरणीय कृषि व्यवसाय पार्कमा कार्य सुरू गर्नुभयो। उहाँले पार्कमा फलफूल र फूलको रोप्ने प्रविधि सिकेर हाल मासिक आम्दानी ६००० युआन पुगेको छ। प्रतिवर्ष परिवारको आम्दानी ९० हजार युआन पुगेको छ। अहिलेको जीवन पद्धतिमा उहाँ शतप्रतिशत सन्तुष्ट हुनुहुन्छ।