शि हु तालको कथा
2020-09-02 14:36:55CRI
Share with:

शि हु तालको कथा

पूर्वी चीनको हांग चौ शहरअवस्थित शि हु तालको पानी कञ्चन छ। यस वरिपरिको मनोहर दृश्यले सधैं हरेक मानिसलाई मोहित पार्नेगरेको छ। चौधौं शताब्दीमा इटलीका प्रसिद्ध यात्री मार्कोपोलोले शि हु तालको दृश‌यावलोकन गर्दै "यस तालको अंगालोमा बाँधिएर मानिस स्वर्ग जानसक्ने विश्वास आफूले गरेको" भनेर यस तालको गुणगान गरेका थिए।

शि हु ताल पूर्वी चीनको च च्यांग प्रान्तको सदर मुकाम हांग चौ शहरको एक चहकिलो मोति मानिएको छ। त्यसका तीनतिर पहाड छन र तालको पानी एकदमै सफा र पारदर्शी छ। चीनका प्रसिद्ध दुइजना कवि सु तुं फ र पाइ च्यु यीका थरबाट नामाकरण गरिएका दुइवटा लामा बाँध अर्थात सु बाँध र पाइ बाँध दुइवटा हरिया रेशमी फित्ता जस्तै पानीको तरंगमा बहिरहेका जस्ता देखिन्छन। यात्रुहरुले बाँधमा पैदल हिंडडुल गर्दा नजिकै ढकमक्क फुलिरहेका राता फूल र हरियो बैंसका रुखहरुले मानिसका आँखालाई मोहित पार्दछन भने पर-पर तालमा टल्किरहेको पानी र हरियो पहाडको दृश्यले पनि मानिसहरुलाई आनन्दित तुल्याउँछन। त्यहाँ हरेक पाइलामा एउटा नयाँ दृश्य हेर्नपाइने अनुभव मानिसहरुले गरेका छन। चारैवटा ऋतुमा फरक-फरक रमणीय दृश्यले मानिसहरुलाई मग्न पार्न सफल शि हु तालको सुन्दर दृश्यले विभिन्न युगका बुद्धिजीवि तथा चित्रकारहरुलाई यसका बारेमा लेख्न र कोर्न प्रेरित गरेको छ। थांग राज्यकालका प्रसिद्ध कवि पाइ च्यु यीले "हांग चौ छोडेर अन्यत्र जान नसकेर आफ्नो मन त्यसै तालमा रहेको " भन्ने विषयको कविता लेखेर शि हु तालप्रति आफ्नो गहन ममता व्यक्त गर्नुभएको थियो। सुंग राज्यकालका प्रसिद्ध कवि सु तुंग फले शि हु ताललाई प्राचीनकालकी एउटी सुन्दरी शि शको नाम दिएका थिए। "खुला आकाशमुनि तालको पानी छचल्किरहेको, पानी पर्दा पहाडको झिलिमिली दृश्य झनै मनमोहक, शि हु ताललाई शि श नामकी केटीको तुलना गर्न सकिन्छ र अलि सजधज भएको वा बेसरी सिंगार पटार भएकोमा सबै नै मनोहर छ " भन्ने कवि सु तुंग फको यो कविता शि हु तालको बयान गरिएको चीरन्जीवी कविता हो।

शि हु तालको कथा

शि हु तालको नाम लिने वित्तिकै चिनियाँ तथा विदेशीहरुका मनमा निकै सुन्दर दशवटा दृश्यावलोकन स्थलहरुको याद आउँछ। ती दशवटा दृश्यावलोकन स्थलहरु यस प्रकार छनः सु थि भन्ने बाँधमा वसन्त ऋतुको सुइँको, छ्यु युआन् उद्यानमा हावामा नाचिरहेका कमलको फूल, शरद ऋतुमा शान्त तालमा जूनको किरण, चुण्टिएको पुलमा हिउँ, बैंसका रुखमा आर्‍यौल चराको चिरबिर, पुल-घाटमा माछाको अवलोकन, सान् थान् दहमा जुनेरी छाया, लै फंग शिखरमा अस्ताउँदो सूर्य, साँझपख नान् फिंगको घण्टाको आवाज तथा बादल छुने गगन्चुम्बी दुइवटा टाकुरा।

शि हु ताल बारे धेरै रोचक दन्त्य कथाहरु प्रचलित छन। माथि हामीले भनिसकेको चुंडिएको पुलमा हिउँ भन्ने दृश्यमा त्यो पुल चीनमा दैलो परिवारमा थाहा पाइएको [ सेतो साँपको विवरण ] नामक लोक कथामा सेतो साँपको रुप बदलेर पाइ निआङ च भन्ने केटीको रुप धारण गरेकी केटी र उनका पति स्यु सिआनको भेट भएको ठाउँ हो।

जन-श्रुति अनुसार, एउटा सेतो साँपले सहस्र वर्षसम्म शुद्धिकरण गरेर बल्ल मानिसको रुपधारण गर्नपाएर पाइ निआङ च नामकी एउटी सुन्दरी बनेको छ। अर्को हरियो साँपले पाँच सय वर्षसम्म शुद्धिकरण गरेर यौवनले भरिपूर्ण स्याउ छिङ नामकी केटीको रुप लिएको छ। उनीहरु सँगै बिहार गर्न शि हु ताल आइपुगे। केही भाग भत्किएको त्यो पुलनीर पुग्दा पाइ निआङ चले मानिसहरुको भीडमा एकजना गहुँगोरो अनुहारको केटालाई देखेकीथिइन। त्यसप्रति उनको मनमा प्रेम भाव पैदा भयो। अर्को साँपबाट स्याउ छिंग भन्ने केटीको रुपधारण गरेकी केटीले मन्त्र गरेर मुसलधारे पानी पारिन। त्यो बुद्धिजीवी केटाको नाम स्यु सिआन् हो। उ छाता लिएर तालको किनारमा आयो।