सांस्कृतिक रचनात्मकताबाट गरिब गाउँ धनी गाउँमा परिणत
2020-09-11 10:37:49CRI
Share with:

सांस्कृतिक रचनात्मकताबाट गरिब गाउँ धनी गाउँमा परिणत

फु चेन प्रान्तीय निङ त शहरको फिङ नान जिल्लाको लुङ थान गाउँ पहिले एउटा गरिब गाउँ थियो। स्थानीय वासिन्दाहरू रोजगारका लागि बाहिर जाने गर्दथे। हालैका वर्षहरूमा सांस्कृतिक रचनात्मकता व्यवसायको विकासमार्फत गाउँको पुरानो आवास मर्मत गरिएको छ। हाल फोटो स्टुडियो र चिया घर धेरै छन्। यो पुरानो गाउँ जीवन्त देखिएको छ।

"युकुलेलीको धुन, गीत र ताली सुनिएको छ। हाम्रो गाउँ निकै राम्रो छ। हामी अङ्ग्रेजी भाषाबाट पनि कुराकानी गर्छौं। यो एक वर्षभरि प्रायजसो म यतै छु। म हाङ चौ फर्केको छैन र मेरो विचारमा यहाँको जीवन शहरभन्दा आनन्दमय छ।" भर्खरै "गुलाफ फूल जीवन" बोलको धुन बजाएकी युवती "स्याउ मै च्वाङ" नामक फोटो स्टुडियोका मालिक हुन्। सन् २०१८ मा उनी वकिलको काम छोडेर लुङ थान गाउँ आएकी हुन्। उनले लुङ थान गाउँमा फोटो स्टुडियो खोलेकी छिन्। दुई वर्षयता उनको स्टुडियोको कारोबार राम्रो छ। हरियो पहाड, स्वच्छ पानी, पुरानो आवास, स्टुडियो, क्याफे, चिया घर आजको लुङ थान गाउँमा देख्नसकिन्छ। तीन वर्षअघि लुङ थान गाउँ यस्तो थिएन। त्यस अवधिमा जमीन थोरै थियो र आर्थिक विकासबाट पिछडिएको थियो। गाउँका युवायुवती रोजगार पाउन बाहिर गएका थिए। लुङ थान गाउँका वासिन्दा छन स्याउ लानले त्यस अवधिमा गाउँ खाली भएको साथै आफ्नो मन पनि खाली भएको सम्झना गरिन्।

सांस्कृतिक रचनात्मकताबाट गरिब गाउँ धनी गाउँमा परिणत

सन् २०१७ देखि लुङ थान गाउँले विकासको नयाँ बाटोको अन्वेषण गर्न थालेको हो। गाउँले "पन्ध्र वर्षसम्म भाँडा लिने" परियोजना प्रस्तुत गरेको छ। गाउँ समितिले वासिन्दाको पुरानो आवास भाँडा लिएर बाहिरबाट आएका "नयाँ वासिन्दा"लाई भाँडामा दिएको छ। बाहिरबाट आएका "नयाँ वासिन्दा"ले पुरानो आवासको मर्मत गरेका छन्। "नयाँ वासिन्दा" चीनको विभिन्न क्षेत्रबाट आएका हुन्। उनीहरूले लुङ थान गाउँको प्राकृतिक वातावरण मन पराएका छन्। उनीहरूले पुरानो आवासलाई होमस्टे, क्याफे, पुस्तक घर, भट्टीको रुपमा सजावट र निर्माण गरेका छन्। लुङ थान गाउँका "नयाँ वासिन्दा" एवंम "थान स्याङ" नामक भट्टीकी मालिक चङ वान चन भन्छिन् "हामीले लुङ थान गाउँ छान्नुको कारण केही मूल्यको सिर्जना गर्नु हो। हामीले गाउँको संस्कृति र कलाको प्रचार-प्रसार गर्ने आशा लिएका छौं।"

स्थानीय वासिन्दाले गाउँको परिवर्तन देखेपछि स्थानीय सरकारको सहयोगमा विभिन्न शिल्प सिक्न थालेका छन्। वासिन्दा छन स्याउ चन भन्छन्"गुरुले हाम्रो गाउँका तीस जनालाई तेल चित्र कोर्ने तालिम दिनुभएको छ। तेल चित्र मात्र नभई हाम्रो गाउँका वासिन्दाले पहिले कहिँले पनि कलमद्वारा लेखेका थिएनन्।"

सांस्कृतिक रचनात्मकताबाट गरिब गाउँ धनी गाउँमा परिणत

तीस जना वासिन्दाले तेल चित्र कोर्न जानेका छन् र भिडियो चौतारोमा ध्यान दिइएका छन्। अरु वासिन्दाहरूले पनि तेल चित्रप्रति चासो लिएका छन्। हाल लुङ थान गाउँमा धेरैजनाले चित्र कोर्न जानेका छन्। गत वर्षमा लुङ थान गाउँले दुई लाख पर्यटक भित्र्याएको थियो। जन्मथलोको ठूलो परिवर्तनबारे चर्चा गर्दा वासिन्दा छन स्याउ चन भन्छन् "पहिले पहिले राती हाम्रो गाउँमा ग्रामीण क्षेत्रको भ्यागुता र झ्याउँकिरीको आवाज मात्र सुनिन्थियो। हाल हाम्रो गाउँमा सङ्गीत र हाँसोको आवाज सुनिन्छ। हाम्रो गाउँमा ठूलो परिवर्तन भएको छ।"