तेह्रौं "चिनियाँ पूल" विश्व माध्यामिक विद्यालयस्तरीय चिनियाँ भाषा प्रतियोगिता अन्तर्गत रुसको फाइनल सम्पन्न
2020-09-21 15:49:40CRI
Share with:

तेह्रौं "चिनियाँ पूल" विश्व माध्यामिक विद्यालयस्तरीय चिनियाँ भाषा प्रतियोगिता अन्तर्गत रुसको फाइनल सम्पन्न

"चिनियाँ भाषा सिकौं, सुनौलो अवसर नगुमाऔं"विषयक तेह्रौं "चिनियाँ पूल" विश्व माध्यामिक विद्यालयका विद्यार्थीहरुको चिनियाँ भाषा प्रतियोगिता अन्तर्गत रुसको फाइनल प्रतियोगिता एवम् रुसका माध्यामिक विद्यालयका विद्यार्थीहरुको आठौं चिनियाँ भाषा प्रतियोगिता गत अगष्ट १६ तारिख मस्कोमा सफलताका साथ सम्पन्न भएको छ। मस्को, सेन्ट पिटर्सवर्ग र काजान लगायत शहरका १६ विद्यार्थीले सो प्रतियोगितामा रोचक प्रदर्शन गरी चिनियाँ भाषाको राम्रो स्तर र आकर्षण देखाएका थिए।

नयाँ कोरोना भाइरस महामारीको प्रभावमा यस पटकको प्रतियोगिताको केही भाग अनलाइनमा आयोजित भएको थियो। प्रतियोगितालाई मुख्य विषयमा भाषण दिनु, कला प्रदर्शन, व्यक्तिगत परिचय, चीन र रुस सम्बन्धित ज्ञानको प्रश्नोत्तर लगायत चार भागमा विभाजित गरिएको थियो। मुख्य विषयमा भाषण दिने भागमा विद्यार्थीहरुले "चिनियाँ भाषा सिकौं, सुनौलो अवसर नगुमाऔं"को बारेमा चीन र रुसले हातमा हात मिलाएर नयाँ कोरोना भाइरस महामारीको प्रतिरोध गरेका, चीनको परम्परागत संस्कृतिप्रति आफ्नो चासो, चीनको भ्रमणमा आफ्नो कथा लगायत विषयहरुबारे रोचक सम्बोधन गरेका थिए। कला प्रदर्शनको भागमा विद्यार्थीहरुले चिनियाँ कुङ फु देखाउनुका साथै, चीनको परम्परागत वाद्य यन्त्र बजाए। संवाद तथा प्रहसन कार्यक्रम देखाएर उनीहरुले राम्रो चिनियाँ भाषा तथा व्यक्तिगत विशेष आकर्षण अभिव्यक्त गरेका थिए।

रुसका माध्यामिक विद्यालयका विद्यार्थीहरुको चौथो चिनियाँ भाषाको प्रतियोगितामा उत्कृष्ट उपलव्धि हासिल गरेकी रुसी छात्रा कायुदले यस पटकको प्रतियोगिताको अवलोकन गर्दै प्रतियोगितामा सहभागी विद्यार्थीहरुसँग पुरस्कार जितेर चीनमा अध्ययन गर्ने क्रममा आफ्नो उपलब्धीको व्याख्या गरिन्।

माध्यामिक विद्यालयबाट स्नातक भएपछि भाग्यवश चीनको सबैभन्दा उत्कृष्ट विश्व विद्यालय-छिङ ह्वा विश्वविद्यालयमा पढ्ने मौका पाएँ। चीनमा मैले व्यवसायिक ज्ञान सिक्नुका साथै मेरो चिनियाँ भाषाको स्तर पनि उकासिएको थियो। विविध मौकाले मेरो व्यक्तित्व विकासलाई अघि बढाएको छ। "चिनियाँ पूल" प्रतियोगिता मेरो जीवनका लागि एउटा मोड हो।

रुसका लागि चिनियाँ राजदूतावासका शिक्षा कन्सुलर छाउ श हाईले महामारीको अवधिमा रुसमा बसेका चिनियाँ शिक्षक-शिक्षिका र विद्यार्थीहरुले चिनियाँ भाषा पढाईका लागि गरेको प्रयासप्रति कृतज्ञता ज्ञापन गर्नुभयो।

सन् २०२० चीन-रुस सम्बन्ध स्थापना भएको आठ दशकको पहिलो वर्ष हो। नयाँ युगमा चीन-रुस सम्बन्धमा नयाँ सुअवसर देखा परेको कारण चिनियाँ भाषा अध्ययन गर्ने विद्यार्थीको उज्यालो भविष्य हुनेछ। रुसी विद्यार्थीहरुले चीन-रुस मित्रताको विकास गर्न तथा विभिन्न क्षेत्रमा रहेको सम्बन्धको विकासलाई अघि बढाउन योगदान पुर्‍याउनसक्ने आशा मैले राखेको छु।

रुस-चीन मैत्री संघकी कार्यकारी सचिव, चीन शास्त्री आला भिरचेन्कोले विद्यार्थीहरुले सिकेको ज्ञानमार्फत दुई मुलुकका जनता बीचको मित्रतालाई बढाउन योगदान पुर्‍याउनसक्ने आशा राखेकी छिन्।

तिमीहरुले चिनियाँ भाषा जानेपछि हाम्रो असल छिमेकी मुलुकका इतिहास, संस्कृति र कलाको उपलव्धिबारे अरु राम्रो जानकारी लिनुका साथै रुस-चीन परम्परागत मित्रतालाई सुदृढ पार्न योगदान पुर्‍याउनसक्ने छौ। रुसका माध्यामिक विद्यालयका विद्यार्थीहरुको चिनियाँ भाषाको प्रतियोगितामा भाग लिएका विद्यार्थीहरुले अब आयोजना हुने विश्वको "चिनियाँ पूल" प्रतियोगितामा उत्कृष्ट उपलव्धि हासिल गर्नसक्ने शुभकामना मैले दिएकी छु।