#अल्पसंख्यक जाति# यातायातको विकासबाट तिब्बती सर्वसाधारणको गरिबी उन्मूलन-२
2020-09-29 11:23:40CRI
Share with:

#अल्पसंख्यक जाति# यातायातको विकासबाट तिब्बती सर्वसाधारणको गरिबी उन्मूलन-२

यस वर्षको फेब्रुअरी स छ्वान प्रान्तले सता जिल्ला गरिबी जिल्लाको सूचीबाट मुक्त भएको घोषणा गरेको छ। स ता जिल्लाका उपप्रमुख क्वी च चिङले यातायातको सुधारले स ता जिल्लामा व्यवसाय तथा लगानी भित्र्याउने अवस्थालाई पनि सुधार पारेको जानकारी दिनुभयो।

"स ता जिल्लामा लगानी गर्न मुख्यतः दुई क्षेत्र छन्-पहिलो गरिबी उन्मूलनसम्बन्धी व्यवसायको विकास र अर्को पर्यटनको विकास हो। हाम्रो तथ्याँकका अनुसार, सन् २०१६मा पूरै जिल्लामा ५४ होटल थिए। पर्यटनको विकासका साथै सन् २०१९ होटलको संख्य करीब १५० पुगेको छ। किनकि यातायातको सुविधाले हाम्रा सर्वसाधारणको जीवनलाई झन् झन् राम्रो पार्दैछ।"

प्राकृतिक तथा ऐतिहासिक कारणले पहिले तिब्बत चीनमा गरिबी अनुपात सबैभन्दा बढी, गरिबी स्तर सबैभन्दा गहिरो, गरिबी उन्मूलनको लागत सबैभन्दा बढी र गरिबीबाट मुक्त हुन सबैभन्दा गाह्रो भएको क्षेत्र थियो। "तेह्रौं पञ्चवर्षीय योजना"को अवधिमा तिब्बतमा राजमार्गको निर्माणका लागि लगानी गुणामा वृद्धि भएको छ र यातायात प्रणालीको गुणस्तर पनि स्पष्ट रूपमा बढेको छ। तिब्बत स्वायत्त प्रदेशीय यातायात तथा ढुवानी विभागका प्रमुख स्यु वनछ्याङले यसरी चर्चा गर्नुभयो-

"हाल पूरै प्रदेशमा सञ्चालित राजमार्गको लम्वाई एक लाख चार हजार पाँच सय किलोमिटर पुगेको छ। हाल हरेक वर्ष बढेको राजमार्गको लम्वाई सछ्वान-तिब्बत राजमार्ग र छिङहाई-तिब्बत राजमार्गको कुल लम्वाईको दुई गुणा हो। ११४० किलोमिटरको छिङहाई-तिब्बत राजमार्गको गुणस्तर राष्ट्रिय दोस्रो स्तर पुगेको छ। हामीले छिङहाईबाट-तिब्बतसम्म नयाँ ३४५ राजमार्ग र २१६ राजमार्गको निर्माण गरेका छौं। यी दुई राजमार्ग यस वर्षको अन्त्यमा सञ्चालित हुनेछन्। तिब्बतमा राजमार्गबाट गठित तुलनात्मक रूपमा पूरा यातायात तथा ढुवानी प्रणालीको स्थापना भएको छ। भविष्यमा तिब्बतमा घुम्ने पर्यटक र स्थानीय सर्वसाधारणको आवतजावत झन् झन् सुविधा र सुरक्षित हुनेछ।"

प्रमुख स्युका अनुसार, तिब्बती सर्वसाधारणको यातायात कठिनाइको समाधान गर्नका लागि तिब्बतले गाउँबस्तीमा राजमार्ग र कालोपत्रे सडक तथा बसको सञ्चालनलाई मुख्य कार्य बनाएको छ। चार वर्षमा तिब्बतले ९४ अर्ब १६करोड चिनियाँ युआन लगानी गरेर ३ हजार १ सय २३ ग्रामीण राजमार्गको निर्माण गरेको छ। त्यसबाट सुधार गर्ने र नयाँ निर्माण गर्ने ग्रामीण राजमार्गको लम्बाइ ३८ हजार २सय किलोमिटर पुगेको छ।

"यस वर्षको अन्त्यसम्म हाल निर्मित ग्रामीण राजमार्गको व्यवहार भएपछि सबै जिल्ला-बस्ती र गाउँमा राजमार्ग सञ्चालित हुनेछ। त्यसमध्ये ९५प्रतिशत जिल्ला र ७५ प्रतिशत गाउँमा डामर सडक संचालन हुनेछ। सर्वसाधारणको आवतजावतलाई सुविधा दिनका लागि ४६७ जिल्ला-बस्ती र २०१४ गाउँमा बस संचालन हुनेछ।"