चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ
2020-09-29 10:24:02CRI
Share with:

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_1.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_2.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_3.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_4.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_5.JPG

अक्टोबर १ तारिख चिनियाँ राष्ट्रिय दिवस हो। राष्ट्रिय दिवसका अवसरमा बेइजिङका मुख्य चोकहरुलाई फूलले सिँगारिने गरिन्छ। विशेष गरी थिआनआनमन क्षेत्रलाई कलात्मक फूलहरुले सजाइएको हुन्छ। सन् १९४९ अक्टोबर १ तारिख थिआनआनमन क्षेत्रबाट अध्यक्ष माओ चतुङले जनगणतन्त्र चीन घोषणा गर्नु भएको थियो। त्यसपछि हरेक वर्ष अक्टोबर १ को सुखद स्मृतिमा नयाँ चीन स्थापनाको रुपमा राष्ट्रिय दिवस मनाउन थालेको हो।

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_6.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_9.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_7.JPG

थिआनआनमन क्षेत्रमा हरेक दस वर्षमा विशाल सैनिक परेड गरेर जनगणतन्त्र चीन स्थापनाको वार्षिकोत्सव भव्य रुपमा मनाइने गरिन्छ। गत वर्ष सन् २०१९ को अक्टोबर १ तारिख नयाँ चीन स्थापनाको ७० औँ वार्षिकोत्सवको भव्य आयोजना भएको थियो। दस दस वर्षको फरकमा भव्य सैनिक परेड गरिने थिआनआनमन क्षेत्रमा अरु वर्ष चाहिँ फूलले सिँगार्ने गरिन्छ। यसरी सिँगार्दा थिआनआनमन क्षेत्रको बीच भागमा ठूलो फूलको टोकरी राखिन्छ। क्षेत्रको दायाँ बायाँमा उत्तर दक्षिण फैलिएका फूलका विभिन्न कलाहरु देख्न सकिन्छ। यी फूलहरुले समग्र चीनको प्रतिनिधित्व गरेका हुन्छन्। फूलले मानिसमा फुर्ति, आशा, विश्वास, जाँगर, जोस,माया र सद्भाव जगाउने गर्छ। चिनियाँ राष्ट्रिय दिवससँगै यी सकारात्मक तत्वहरु त्यहाँ पुग्ने सबैमा उद्भव हुने गर्छ।

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_8.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_10.JPG

चिनियाँ राष्ट्रिय दिवसका अवसरमा फूलले सिँगारिएको बेइजिङ_fororder_11.JPG

थिआनआनमन क्षेत्रको पश्चिममा सितानदेखि पूर्वमा तोङतानसम्म फूलैफूलले समग्र चीनको विकास प्रकृयालाई सांकेतिक रुपमा देखाइएको छ। चीनको औद्योगिक विकास, अन्तरिक्ष क्षेत्रमा चीनको प्रगति,गरिबी निवारण,चीनको सुधार र खुलापनसँगै कोभिड १९ ले गरेको असर र अग्रपङ्गतिमा रहेर कोभिड विरुद्ध संघर्ष गर्ने नागरिकको सम्मान पनि फूलबाटै व्यक्त गरिएको छ। त्यसैगरी चीनको वातावरण संरक्षण, जैविक विविधता,वन्यजन्तुको संरक्षण र विभिन्न जातिका रहनसहनलाई पनि फूलबाटै देखाइएको छ। सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यले यी कलात्मक फूललाई आफ्नो क्यामरामा कैद गर्नु भएको छ। हेर्नुहोस् आचार्यले खिच्नु भएका केही सुन्दर फोटाहरु।