पैचिङद्वारा हिउँदे ओलम्पिक खेलकुदको राम्रो तयारी
2020-10-12 16:07:26cri
Share with:

 

पैचिङद्वारा हिउँदे ओलम्पिक खेलकुदको राम्रो तयारी_fororder_2

पैचिङद्वारा हिउँदे ओलम्पिक खेलकुदको राम्रो तयारी_fororder_3

गत सेप्टेम्बर २१ तारिख पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटनका लागि मात्र ५०० दिन बाँकी थियो। अहिले हिउँदे ओलम्पिक खेलकुदको विभिन्न तयारी कार्यहरू अन्तिम चरणमा रहेका छन्। ग्रीष्मकालीन ओलम्पिक खेलकुद र हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने शहरको रुपमा पैचिङले विश्वका लागि एउटा रोचक, उत्कृष्ट र भव्य ओलम्पिक खेलकुदको आयोजना गर्नेछ।

पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत परिकल्पना निर्माण कार्यालयकी उप-प्रमुख क्वै लिनका अनुसार, हाल हिउँदे ओलम्पिक खेलकुदका रंगशालाहरुको निर्माण सुचारु रुपमा अघि बढ्दै छ। नयाँ रंगशालाको निर्माण र मर्मत गरिनुपर्ने रंगशालाको काम चालू वर्षको अन्त्यसम्ममा पूरा हुनेछ। बरफ र हिम रंगशालाको निर्माण पूर्वनिर्धारित योजना अनुसार चालू वर्षको अन्त्यसम्म निर्माण सम्पन्न भइ आगामी वर्षको फेब्रअरीदेखि अप्रिल महिनामा आयोजना हुने परीक्षण प्रतियोगिताको माँग पूरा गर्नेछ। परीक्षण प्रतियोगितामा नरहेका अरु रंगशालाको उपयोग आगामी वर्षको जुनदेखि अगष्ट महिनामा गरिनेछ। उप-प्रमुख क्वै लिन केही मुख्य रंगशालाको निर्माणबारे जानकारी दिँदै भन्छिन्,

अब राष्ट्रिय स्पिड स्केटिङ हलको निर्माणको महत्वपूर्ण कार्य भनेको बरफ राख्ने र भित्री हलको मर्मत कार्य हो। चालू वर्षको डिसेम्बरमा पहिलो पटक बरफको उत्पादन गरिने छ। शौ काङ अवस्थित स्किका लागि उफ्रिने प्लेटफर्मको मुख्य भागको निर्माण गत वर्ष नै भइसकेको छ। चालू वर्षको अन्त्यसम्म त्यसको सबै निर्माण अन्तिम चरणमा पुग्ने छ।

पैचिङ २०२२ हिउँदे ओलम्पिक खेलकुद चीनको इतिहासमा पहिलो पटक आयोजना गर्ने हिउँदे ओलम्पिक खेलकुद हुनुका साथै अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिले “ओलम्पिक २०२० कार्यसूचि” बनाएपछि आयोजना हुने पहिलो ओलम्पिक खेलकुद पनि हो। “ओलम्पिक २०२० कार्यसूचि” मा दिगो विकासलाई सुधार गर्ने एउटा महत्वपूर्ण विषय बनाइएको छ। त्यसैले यस पटकको पैचिङ हिउँदे ओलम्पिक खेलकुदले दिगो विकासको पक्षमा एउटा नमूना खडा गर्ने छ। यसबारे चर्चा गर्दै परिकल्पना निर्माण कार्यालयकी प्रमुख लिउ सिन फिङले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिले परिकल्पना र डिजाइन, परियोजनाको निर्माण र रंगशालाको उपयोग लगायत क्षेत्रमा दिगो विकास सम्बन्धी अनेकन् कदम चाल्नुका साथै कम कार्बन सम्बन्धी प्रस्तावको तर्जुमा गरेको जानकारी दिएकी छिन्। जसबाट “ओलम्पिक २०२० कार्यसूचि” को माँगबारे राम्रोसँग व्याख्या गरिएको छ। कम कार्बन ऊर्जाको उपयोगबारे जानकारी दिँदै लिउ सिन फिङ यसरी भन्छिन्,

पैचिङ हिउँदे ओलम्पिक खेलकुदका ४४ रंगशाला, पैचिङ, यान छिङ र चाङ च्या खौ ३ वटा प्रतियोगिता स्थललाई नवीकरणीय ऊर्जा स्रोतको मापदण्ड अनुसार परिकल्पना गरिएको छ। केही रंगशालामा नवीकरणीय ऊर्जा स्रोतको उपयोग गरिसकेको छ। हामीले चाङ च्या खौमा रहेको हरित बिजुली, उदाहरणका लागि सौर्य ऊर्जा, प्रकाश ऊर्जा र हाइड्रोजन ऊर्जालाई पैचिङ र यान छिङ प्रतियोगिता स्थलमा पुर्‍याइसकेका छौं।

पैचिङले २०२२ हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने ३ वटा अवधारणाहरू “खेलाडीहरुलाई केन्द्रमा राखौं, दिगो विकास र किफायत रुपमा प्रतियोगिताको आयोजना गरौं” रहेका छन्। तीमध्ये “खेलाडीहरुलाई केन्द्रमा राखौं” बारे वाङ पिङ यु प्रभावित भएकी छिन्। उहाँ पहिला चिनियाँ महिला कर्लिङ (curling) टोलीकी क्याप्टेन हुनुहुन्थ्यो। उहाँको नेतृत्वमा चिनियाँ महिला कर्लिङ टोलीले पहिलो पटक विश्व च्याम्पियन प्राप्त गरेको थियो। अहिले उहाँ पैचिङ हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत कर्लिङ खेलकी प्रमुख हुनुहुन्छ। उहाँ भन्नुहुन्छ,

पहिले मैले प्रतियोगितामा भाग लिँदा स-साना कुराबारे सोच-विचार गरेकी थिइन। तर अहिले मैले विभिन्न दृष्टिबाट सोच-विचार गर्नुपर्छ। पैचिङ हिउँदे ओलम्पिक खेलकुदका खेलाडीहरुलाई उत्तम सेवा उपलब्ध गराउनसक्ने आशा मैले गरेकी छु।