#अल्पसंख्यक जाति# गरिबी पहाडी क्षेत्रबाट सारेर नयाँ जीवन सुरू-१
2020-10-13 15:18:56cri
Share with:

#अल्पसंख्यक जाति# गरिबी पहाडी क्षेत्रबाट सारेर नयाँ जीवन सुरू-१_fororder___172.100.100.3_temp_9500049_1_9500049_1_6012_291cb8b4-d381-45c2-8aff-cbdb8eff5f62

छिङ हाई प्रान्तीय हु चु थु जातीय स्वायत्त जिल्ला लिउफानशान पहाडी क्षेत्रमा पर्ने अतिगरिब क्षेत्र थियो। सन् २०१६ अगष्टमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले हु चु जिल्लाको पान यान गाउँको भ्रमण गरेर गरिबी निवारण गर्नका लागि पुनर्वास कार्यको निरीक्षण गर्नुभएको थियो। सो अवसरमा नयाँ क्षेत्रमा पुनर्वास गरिबी उन्मुलन गर्ने एउटा प्रभावकारी तरिका भएको र नयाँ क्षेत्रमा पुनर्वासपछि विभिन्न सम्बद्ध कदम र उत्पादन राम्ररी गर्नुपर्ने मूल्याङ्कन गर्नुभयो। केही वर्षयता गरिब पहाडी क्षेत्रबाट सारेका पानयान गाउँले जातीय विशेषताको प्रयोग गरी स्थानीय उद्योगको विकास गरेर क्रमशः गरिबीबाट मुक्त भएर सुखमय मार्गमा हिँडिरहेको छ।

छिङ हाई प्रान्तीय हु चु थु जातीय स्वायत्त जिल्लाको नयाँ पान यान गाउँको उचाइ करिब २५०० मिटर रहेको छ। यसै वर्ष ५६ वर्षीय गाउँले ल्यु योचिन श्रीमतीसँग आफ्नो रक्सी पसलको विस्तार गर्नु हुनुहुन्छ। चार वर्षअघि उहाँको परिवारलाई पहाडबाट सारिएर त्यहाँ ल्याएको हो। हाल ल्यु योचिनले उत्पादन गर्ने रक्सी झन् झन् लोकप्रिय हुनुका साथै व्यापार झन् झन् राम्रो हुँदैछ।

केही वर्षअघि ल्यु योचिनले नयाँ गाउँका सामु २७०० मिटरको पहाडमा बस्नुहुन्थ्यो। पुनर्वासअघि उक्त पहाडमा  १ सय २९ परिवारका गाउँले बस्थे। गरीब भूमि र यातायात अवरुद्ध भएका हुनाले गाउँलेहरूले ज्यादै कष्टकर जीवन बिताएका थिए।

सन् २०१६ मा स्थानीय सरकारले नयाँ क्षेत्रमा सारेर पुनर्वास योजना सुरू गरेर पहाडमा बस्ने गाउँलेहरूलाई राम्रो बन्दोबस्त गरेको थियो।

सन् २०१६ को अगष्टमा महासचिव सी चिनफिङले निर्माणमा रहेको पानयान नयाँ गाउँको निरीक्षण गर्नुभयो। उहाँले महत्वपूर्ण निर्देश गर्नुभयो, नयाँ गाउँको निर्माण उत्पादनको विकास र रोजकारीको प्रवर्द्धनसँग मिल्नुपर्ने, आधारभूत सार्वजनिक सेवासँग मिल्नुपर्ने र जातीय, क्षेत्रीय तथा सांस्कृतिक विशेषताको संरक्षणसँग मिल्नुपर्ने उहाँले औँल्याउनुभयो।

राजमार्गनजिकै पानयान नयाँ गाउँमा सारेपछि गाउँका सबै परिवारमा पानी, विजुली र ग्यासको सञ्चालन भएको छ। ल्यु योचिन परिवार लगभग २०० वर्गमिटरको आवासमा बस्दछन्। सन् २०१७ देखि स्थानीय सरकारको समर्थनमा ल्यु योचिनले लाइसेन्स पाएर रक्सी पसल सञ्चालन गर्नु भएको छ। पुस्तापुस्तै फैलिएको सिल्पद्वारा पहिलो वर्ष ल्यु योचिनले  १ लाख ५० हजार युआन कमाउनुभयो र छिटै गरिबबाट मुक्त हुनुभयो। पानयान गाउँले हरेक परिवारको रक अवस्थाबमोजिम विभिन्न कदमको तर्जुमा गरेर गरिबी उन्मुलन हुन गाउँलेलाई सहयोग गरेको छ।