मरूभूमिबाट खेतमा परिणत, समृद्धिको बाटो
2020-10-16 16:16:23cri
Share with:

मरूभूमिबाट खेतमा परिणत, समृद्धिको बाटो_fororder___172.100.100.3_temp_9500031_1_9500031_1_6016_e70d339e-b590-4f4a-aced-bc541f7ec5d8

चीनको उत्तर पश्चिमी भागका अधिकांश क्षेत्रमा कम पानी पर्दछ। सधैँजसो सुक्खा रहने गर्दछ। पर्यावरणीय कमजोरी र प्राकृतिक स्रोतको कमीबाट त्यहाँको विकास सीमित पारिएको छ। कान्सु प्रान्तीय च्यौ छ्विआन शहरमा भने मरूभूमिमा कृषिको विकास गर्दै समस्याको समाधान गरिएको छ।

च्यौ छ्विआन शहरको सु चौ क्षेत्रको तोङ तुङ टाउन्सिपको कृषि उद्योग पार्कका ग्रीनहाउसहरूमा किसानहरू व्यस्त हुँदैछन्। किसान छिन छुन को भन्छन् “यो ग्रीनहाउसमा काँक्रो रोपिन्छ। काँक्रो अगष्ट तीन र चार तारिख रोपिएपछि सेप्टेम्बर दश तारिख जाँदा पाक्ने र बजारतर्फ बिक्री गर्नसकिने छ।”

छिन छुन को तोङ तुङ टाउन्सिपको नम्बर चार गाउँका वासिन्दा हुन्। पहिले उनी र श्रीमतीले आफ्नो खेतीपातीमा निर्भर भएर जीवन बिताएका थिए। वासिन्दालाई धनी बनाउन निर्देशकीय भूमिकामा पुग्ने परिकल्पना उनले गरेका थिएनन्। सन् २०१८मा छिन छुनको परिवारले मरूभूमिमा कृषिको विकास गर्ने सरकारी रणनीति सुनेर सहकारीबाट भाडामा जमीन लिएर ग्रीनहाउसमा खेती गर्न थालेका थिए। पहिलो पटक ग्रीनहाउसमा सागसब्जी रोपेका कारण उनको अनुभावको अभाव थियो। उनले प्राविधिज्ञसँग सिकेका थिए। छिटो रुपमा उनले बिउको छनौट, किरा प्रकोपको नियन्त्रण, ग्रीनहाउस उपकरणको प्रयोग जानेका थिए। गत वर्ष उनले दुई वटा ग्रीनहाउसमा गोलभेंडा रोपेका थिए। बजारमा गोलभेंडाको बिक्री मात्रा राम्रो थियो। चालू वर्ष उनले तीन वटा ग्रीनहाउसमा भाँडा लिएर गोलभेंडा र काँक्रो रोपेका छन्।

हाल छिन छुन को निकै विश्वस्त छन्। उनले ग्रीनहाउसको रोपनलाई एक ठूलो कार्यको रुपमा बनाएर राम्रोसँग गर्ने आशा लिएका छन्। उनका अनुसार, एउटा ग्रीनहाउसबाट खुद ३०हजारदेखि ३५ हजारसम्मको चिनियाँ युआन कमाउन सकिन्छ।

हाल उनीहरूको ग्रीनहाउसमा भएको तुङ तोङ टाउन्सिप कृषि पार्कले २० वटा कम्पनी, किसान सहकारीलाई आकर्षित गराएर २५ हजार वटा ग्रीनहाउस खडा गरेको छ। साथै उनीहरूको सागसब्जी पैचिङ, शाङहाई, क्वाङचौ लगायतका ठूला शहरहरूको साग बजारमा पनि पाइन्छ। चिनियाँ कम्युनिष्ट पार्टीको तोङ तुङ टाउन्सिप समितिका सचिव ऊ हाई स्या भन्छिन् “उद्योग-व्यवसाय, कम्पनी, सहकारी, कृषि, आधार क्षेत्र जोड्ने ढाँचामार्फत उद्योग-व्यवसाय र कम्पनी हाम्रो कृषि उद्योग पार्कमा निरन्तर रुपमा विकास भएको छ। साथै किसानहरूले मरूभूमि कृषिको विकास उपलब्धि बाँड्नसक्छन्।”

सन् २००९देखि च्यौ छ्विआन शहरले मरूभूमि कृषिको विकास गर्न थालेको थियो। मरूभूमिमा ग्रीनहाउस निर्माण गरिएको थियो। माटो सुधारिएको थियो। उद्योग पार्कको निर्माण गरिएको थियो। च्यौ छ्विआनका मानिसहरूले मरूभूमिमा ठूलो काम गरेका थिए। सन् २००९देखि हालसम्म च्यौ छ्विआन शहरले ९० वटा मरूभूमि कृषि उद्योग पार्क र नमूना केन्द्रको निर्माण गरेको, हरेक वर्षमा चीनका बजारहरूतर्फ ४० लाख टनभन्दा बढीको उत्तम गुण्स्तरको सागसब्जी र फलफूल आपूर्ति गरेको छ।

यु मन शहरको ल्यौ हु टाउन्सिपका वासिन्दा काउ हौ फङ भन्छन् “मेहनती भएर श्रम गर्ने हो भने फसल भित्र्याउन सकिन्छ। शुन्यबाट थालेर दुई वटा हातमा भर भएर सक्दो प्रयास गरेपछि धनी बन्न सकिन्छ।”

यो च्यौ छ्विआन शहरका जनता धनी बनाउने कारण हो। च्यौ छ्विआन शहरको मरूभूमि कृषि धनी बन्ने बाटो अझै फराकिलो हुने छ।