चीनले विश्वसँग विकासको अझ बढी लाभ बाँड्दै जाने
2020-10-22 15:19:28cri
Share with:

चीनले विश्वसँग विकासको अझ बढी लाभ बाँड्दै जाने_fororder_timg (1)

"विश्वका धेरैजसो स्थान यथावत रुपमा नयाँ कोरोना महामारीको कठिन अवस्थामा भोगिरहेको अवधिमा चीनले पुन: एक पल्ट के प्रमाणित गरेको छ भने सशक्त रुपमा महामारीको नियन्त्रण गरेपछि तीव्र गतिले आर्थिक पुन:उत्थान हुनसक्ने सम्भावना रहेको छ।" चीन सरकारले अक्टोबर १९ तारिख तेस्रो त्रैमासिक आर्थिक तथ्याङ्क सार्वजनिक गरेपछि न्युयोर्क टाम्सले उक्त मूल्याङ्कन गरेको हो।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, तेस्रो त्रैमासिक अवधिमा चीनको आर्थिक बृद्धि दर ४.९ प्रतिशत पुगेको छ। समष्टिगत रुपबाट हेर्दा अघिल्ला तीन त्रैमासिक अवधिमा कूल गार्हस्त उत्पादनको बृद्धिदर गत वर्षको सोही अवधिको तुलनामा ०.७ प्रतिशतले बृद्धि भएको छ भने बृद्धिदर पनि पहिलेको नकारात्मक बृद्धिबाट अहिलेको सकारात्मक बृद्धिमा परिणत भएको छ। आर्थिक प्रचलन लगातार र स्थिर रुपमा पुन:उत्थान हुँदै आएको देखिन्छ।

विश्वको दोस्रो ठूलो आर्थिक समुदायको हैसियतले चीनको अर्थतन्त्र क्रमश: राम्रो हुँदै आएको अवस्थाले विश्व अर्थतन्त्रको पुन:उत्थानका लागि सकारात्मक प्रभाव पनि पार्नेछ। समष्टिगत दृष्टिबाट हेर्दा चीनको अर्थतन्त्र राम्रो दिशातर्फ परिवर्तित हुँदै जाने आधारभूत अवस्थामा कुनै परिवर्तन भएको छैन।

'विश्वमा ४००० वटा आर्थिक विशेष क्षेत्र छन् तर सबैभन्दा सफल नमूना 'शनचन चमत्कार' हुनुपर्छ।' बेलायती पत्रिका 'द इकोनमिस्ट'ले गरेको मूल्याङ्कन हो यो। १४ तारिख आयोजित शन चन आर्थिक विशेष क्षेत्र स्थापित भएको ४०सौं वार्षिकोत्सव समारोहमा चीनका सर्वोच्च नेता सी चिनफिङले महत्वपूर्ण सम्बोधन गर्दै विश्वसमक्ष सुधार तथा खुपालनलाई गहन पारिरहेको चीनले विश्वसँग विकासको अझ बढी लाभ बाँड्दै जाने निश्चितता देखाउनुभएको छ।

शन चन खाली कागजमा चीनको विशेषतायुक्त समाजवादको अद्भूत अभिनय हो। विश्वका केही अन्तर्राष्ट्रिय महानगरले सय वर्षको समयमा पार गरेको यात्रा बिगत ४० वर्षमा शन चनले गरिसकेको छ। कूल क्षेत्रीय उत्पादित मात्रा सन् १९८०को २७ करोडदेखि सन् २०१९को २७ खर्बसम्म बढेको छ। प्रतिवर्ष वृद्धि दर २०.७ प्रतिशत भएको छ। सन् २०१९मा शन चनमा वासिन्दाहरूको औसत व्यययोग्य आय ६२ हजार ५०० चिनियाँ युआन पुगेको छ जुन सन् १९८५को तुलनामा ३१६ गुणाले बढेको छ। ती तथ्याङ्कहरूबाट के प्रष्ट्याइएको छ भने चिनियाँ सत्तारूढ पार्टीले गरेको आर्थिक विशेष क्षेत्र स्थापना गरेको रणनीति र निर्णय एकदमै ठीक भयो र जसबाट आर्थिक विशेष क्षेत्र निरन्तर रूपमा अझ उच्चस्तरसम्म पुर्याउनुपर्ने विश्वास चिनियाँहरूमाझ बसेको पाइन्छ।

वर्तमान विश्वमा सयौं वर्षमा देखा नपरेको ठूलो परिवर्तनमा रहिरहेको छ। ऐतिहासिक मौका पारेर चीनको सुधार तथा खुपालनमा शन चनले कसरी मार्गनिर्देशन गरिरहेको छ? सी चिनफिङले सम्बोधनमा पुष्टि गर्दै भन्नुभएको छः विकासलाई कायमै राख्नु नै प्राथमिकता दिने कार्य हो। दक्ष व्यक्ति नै प्रथम श्रोत हो र नवीनता प्रथम जीवन्त शक्ति हो। सुधारको परिक्षात्मक स्थल शन चनमा गहन सुधार तथा परिक्षात्मक अनुभव भइरहेको छ जसबाट चीनका विभिन्न ठाउँको लागि नक्कल गर्न सकिने सफल अनुभव प्रदान गरिने छ र उच्च गुणस्तरिय विकासको लागि यथेष्ठ अनुभव संकलन गरिएको छ।

चीनमा सुधारलाई अघि बढाउने काम ४० वर्षअघि जस्तै जटिल, संवेदनशील र कठिन भए तापनि चीनले विश्वमा आश्चर्यजनक अझ ठूलो चमत्कारको सिर्जना गर्न प्रयास गर्दै जाने छ जुन प्रक्रियामा चीनले विश्वबाट विकासको शक्ति पाउने साथै विश्व पनि लाभान्वित हुने कुरामा शंका छैन।