अ बु गाउँको आलुबखडा पाक्यो
2020-10-30 15:50:48CRI
Share with:

अ बु गाउँको आलुबखडा पाक्यो

प्रति दिन बिहान ६ बजे सछ्वान प्रान्तको वन छ्वान जिल्लाको अ बु गाउँका वासिन्दा छन छि हुङले कृषि उपकरण बोकेर खेतीपाती गर्न जान्छन्। उनले फलफूल बगैंचामा आलुबखडा रोपेका छन्। आलुबखडा छन छि हुङ परिवारका पाँच जनाको मुख्य आम्दानी स्रोत हो। आलुबखडामा भर परी उनको परिवार गरिबीबाट मुक्त भयो।

सन् २०१४मा छन छि हुङका दुई जना छोरी माध्यामिक विद्यालयमा पढेकी थिइन्। उनको परिवारको आम्दानी देशको गरिबीको रेखामुनि रहेकाले २७६३ चिनियाँ युआन पनि पुगेको थिएन। त्यसैले उनको परिवार गरिब परिवार निश्चित गरिएको थियो। छन छि हुङ भन्छन् "पहिले हाम्रो परिवारले मकै, आलु रोपेको थियो। हाम्रो परिवारको आम्दानी केही सय चिनियाँ युआन मात्र थियो। हाल हामीले आलुबखडा रोप्छौं। हाम्रो आम्दानी ७० हजार चिनियाँ युआनभन्दा बढी भएको छ।"

मकै र आलु अ बु गाउँको परम्परागत कृषि उपज हुन्। त्यहाँको मकै र आलुको गुणस्तर राम्रो भएको तर एक किलोग्राम दुई चिनियाँ युआन पनि पुगेको थिएन। छन छि हुङले मकै र आलु त्यागेर आलुबखडा रोपेका छन् त?

सन् २०१०मा वन छ्वान जिल्लाले "दक्षिणमा वनस्पति रोप्ने र उत्तरमा फलफूल रोप्ने" परियोजना थालेको थियो। उक्त परियोजनाअनुसार, वन छ्वान जिल्लाको उत्तरमा पर्ने सुख्खा बस्ती र गाउँमा फलफूल अर्थतन्त्रको प्रचार-प्रसार गरिने छ। आलुबखडा छनौट गरिएको प्रजाति हो। वन छ्वान जिल्लाको प्रविधि र कृषि तथा पशुपालन व्यूरोका कृषि प्राविधिक चौ क्वै हुङ भन्छिन् "आलुबखडा प्रायजसो क्षेत्रमा रोप्नसकिन्छ। रोपाईको कुनै ठूलो सीमितता छैन। तर हाम्रो जिल्लाको आलुबखडा अरु क्षेत्रभन्दा मिठो छ। किनभने यहाँको समुद्री सतहदेखि उचाइ छ, मौसम राम्रो छ।"

समुद्री सतहदेखि अ बु गाउँको २३०० मिटरको उचाइ छ। त्यहाँको घाम ठूलो छ। दिन र रातिको तापक्रमको भिन्नता ठूलो छ। चिनियाँ कम्युनिष्ट पार्टीको अ बु गाउँ समितिका प्रथम सचिव फङ श थाङ भन्छिन् "हाम्रो गाउँको आलुबखडा अरु क्षेत्रको आलुबखडाभन्दा ढिलो पाक्छ। गत वर्ष हाम्रो गाउँको आलुबखडाको मूल्य एक किलोग्राम आठ चिनियाँ युआन बराबर थियो। समुद्र सतहदेखि होचो गाउँको आलुबखडाको मूल्य एक किलोग्राम चार चिनियाँ युआन बराबर थियो।"

हाल हरेक परिवारका आफ्ना पाहुना छन्। त्यहाँको आलुबखडा पाक्नुअघिको आधा महिना स्थानीय किसानले खरीदको सर्त लिने गर्छन्। व्यापारीहरूले आलुबखडा खरीद गर्न आउने छन्। हाल वन छ्वानको आलुबखडा बजारमा लोकप्रिय उत्पादित-वस्तु बनेको छ। आलुबखडा, चेरी र खुबानी वन छ्वानका तीन विशेषतायुक्त उत्पादित वस्तु कहलाइएको छ।

फरक क्षेत्रबमोजिम फरक फलफूल रुख रोप्ने सम्बन्धमा वन छ्वान जिल्लाद्वारा कार्यान्वयन गरिएको परियोजनाले छन छि हुङको गरिबी मुक्ति बाटोका लागि सही दिशा देखाएको छ। वन छ्वान जिल्लाले श्रृंखलावद्ध सहायता नीति प्रस्तुत गरी किसानलाई फलफूल व्यवसायमा सहभागी हुन प्रोत्साहन गरेको छ। छन छि हुङ भन्छन् "हाम्रो परिवारले आलुबखडा रोप्दा सरकारले हामीलाई बिरुवा र मल उपलब्धि गराएको छ। साथै सरकारले प्राविधिज्ञलाई तालिम दिन निमन्त्रणा गरेको छ। प्राविधिज्ञले हामीलाई कसरी रोप्न सिकाएका छन्।"

आलुबखडामा भर भई अ बु गाउँका वासिन्दाको जीवन अझै राम्रो बन्दैआएको छ।