तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्व अर्थतन्त्रमा जैविक शक्ति
2020-11-02 19:01:55CRI
Share with:

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्व अर्थतन्त्रमा जैविक शक्ति

निर्धारित योजनाअनुसार, तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो शाङ्हाईमा सुरू हुँदैछ। जसले महामारी तथा आर्थिक मन्दी फैलिने विश्वको अर्थतन्त्रमा जैविक शक्ति थप्नेछ।

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्व अर्थतन्त्रमा जैविक शक्ति

विश्वव्यापी रूपमा महामारी फैलिरहेको अवस्थामा चीनले तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको आयोजना गरेर विश्वका लागि नयाँ मौका दिएको विश्लेषण अस्ट्रेलियन अर्थशास्त्री को शङ स्याङले गर्नुभएको छ।

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्व अर्थतन्त्रमा जैविक शक्ति

यद्यपि महामारीको प्रभावमा यो एक्स्पोले विश्वका अघिल्ला ५०० वटा कम्पनी र व्यवसायका नेता कम्पनीहरूमध्ये धेरै कम्पनीहरूलाई भाग लिन आकर्षण गरेको छ। केही कम्पनीले आगामी तीनवटा एक्स्पोमा भाग लिने इच्छा व्यक्त गरेका छन्।

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्व अर्थतन्त्रमा जैविक शक्ति

फुतान विश्वविद्यालय युरोपेली विषय अनुसन्धान केन्द्रका प्रमुख तिङ छुनले खुला तथा सहकार्य चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको आत्मा हुनुका साथै चीनले विश्वलाई दिनखोज्ने महत्वपूर्ण सूचना भएको बताउनुभएको छ।

तेस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्व अर्थतन्त्रमा जैविक शक्ति

डिजिटल उत्पादन, हरित प्रविधि यो एक्स्पोमा धेरै कम्पनीको मुख्य प्रदर्शनी विषय हो। स्नाइडर इलेक्ट्रिक एसएका उप-निर्देशक यिन चङका अनुसार, अन्तर्राष्ट्रिय आयात एक्स्पोले महामारीको रोकथाम तथा नियन्त्रणलाई सामान्यीकरण अवस्थामा आर्थिक तथा व्यापारिक कार्यक्रम गर्ने नयाँ मोड देखाएको छ। विभिन्न आर्थिक समूहले त्यसमा आदानप्रदान तथा सहकार्यलाई सबल पारेर विश्वको आर्थिक विकासका लागि नयाँ ठाउँ सिर्जना गरेका छन्।