चिनियाँ परम्परागत चिकित्सा विधिद्वारा कोरोना भाइरस महामारीको प्रतिरोधमा प्रभावकारी भूमिका
2020-11-02 10:57:33cri
Share with:

चिनियाँ परम्परागत चिकित्सा विधिद्वारा कोरोना भाइरस महामारीको प्रतिरोधमा प्रभावकारी भूमिका

चिनियाँ परम्परागत चिकित्सा विधिद्वारा कोरोना भाइरस महामारीको प्रतिरोधमा प्रभावकारी भूमिका

अक्टोबर ११ तारिख दोस्रो “विश्व चिनियाँ परम्परागत चिकित्सा विधि दिवस” हो। हाल अन्तर्राष्ट्रिय समूदायले चिनियाँ परम्परागत चिकित्सा विधिलाई मान्यता दिँदै आएको छ। यसै बीच नयाँ कोरोना भाइरस महामारीको अवधिमा पनि चिनियाँ परम्परागत चिकित्सा विधिले महामारीको प्रतिरोधमा प्रभावकारी भूमिका निर्वाह गरेको छ।

चालू वर्षको सेप्टेम्बरको प्रारम्भमा आयोजित नयाँ कोरोना भाइरस महामारीको प्रतिरोधका लागि राष्ट्रिय सम्मान तथा पुरस्कार समारोहमा चिनियाँ ईन्जिनियरिङ प्रतिष्ठानका सदस्य, थ्यान चिन चिनियाँ परम्परागत चिकित्सा विधि विश्वविद्यालयका प्रिन्सिपल चाङ पो लीलाई “जनताका बहादूर” नामक राष्ट्रिय मानार्थ उपाधि प्रदान गरिएको छ। उहाँले महामारीको अवधिमा महामारीको चिनियाँ परम्परागत चिकित्सा विधिमार्फत उपचार गर्ने विधिको अनुसन्धान गर्नुभएको थियो। आकस्मिक रुपमा देखा परेको नयाँ कोरोना भाइरस महामारीको उपचारमा विशेष औषधी र भ्याक्सिन नभएको अवस्थामा चिनियाँ परम्परागत चिकित्सा विधि एउटा प्रभावकारी तरिका रहेको जुन चीनद्वारा प्रमाणित गरिएको जानकारी दिँदै उहाँ भन्नुहुन्छ,

साधारण लक्षण भएका बिरामीहरु, उदाहरणका लागि ज्वरो आउने र खोकी लाग्ने विरामीहरुको लक्षणलाई सुधार गर्न चिनियाँ परम्परागत चिकित्सा विधि काम लागेको छ। साधारण लक्षण भएका बिरामीहरुलाई गम्भिर बिरामी बन्ने सम्भावना कम पार्नसकिएको थियो। हामीले शिविर अस्पतालमा चिनियाँ जडीबुटी औषधीको प्रयोग गरेपछि शिविर अस्पतालमा बस्ने साधारण बिरामीहरू गम्भिर बिरामी हुने दर २ प्रतिशतदेखि ५ प्रतिशतसम्म रहेको थियो, जुन विश्व स्वास्थ्य संगठनद्वारा अनुमानित १० प्रतिशतदेखि २० प्रतिशतसम्मको दर भन्दा निकै कम थियो। यसका साथै गम्भिर बिरामीलाई लक्षित गरी हामीले चिनियाँ परम्परागत चिकित्सा विधि र पश्चिमी चिकित्सा विधिको संयुक्त प्रयोग गरेका थियौं। जसबाट महामारीको मृत्यु दरलाई घटाइएको थियो।

चिनियाँ परम्परागत चिकित्सा विधि चीनमा मात्रै महामारीको प्रतिरोध गर्न अपनाएको होइन। चीनले महामारीको प्रतिरोध गर्न चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी अन्तर्राष्ट्रिय सहयोग सक्रियताका साथ चालेर विश्व महामारीको प्रतिरोधका लागि चिनियाँ शक्ति प्रदान गरेको छ।

इटालीको फ्लोरेन्स विश्वविद्यालय अन्तर्गत कारेगि अस्पतालका चिकित्सा अनुसन्धान केन्द्रका जिम्मेवार व्यक्ति फाबिऔ फिरेन्जोलीले धेरै पटक चिनियाँ विशेषज्ञहरुसँग आदान-प्रदान गर्नुभएको छ। चिनियाँ परम्परागत चिकित्सा विधिले कोरोना भाइरस महमारीको उपचारमा सक्रिय भूमिका खेलेको ठहर उहाँ गर्नुहुन्छ,

वैज्ञानिक परीक्षणद्वारा चिनियाँ परम्परागत चिकित्सा विधि परी-कथा नभएको प्रमाणित भएको छ। केही परम्परागत चिनियाँ जडीबुटी औषधीहरुलाई कोरोना भाइरसको उपचार गर्ने सूचिमा राखिएको छ। किनभने उपचारका लागि यिनीहरु प्रभावकारी छन्।

विदेशमा अरु बढी चिकित्साकर्मी र बिरामीहरु चिनियाँ परम्परागत चिकित्सा विधि बुझ्ने आधारमा महामारीको प्रतिरोध प्रक्रियामा यसबाट लाभान्वित भएका छन्।

नयाँ कोरोना भाइरस महामारी अस्ट्रेलियामा देखा परेपछि सिड्नी विज्ञान र प्रविधि विश्वविद्यालयकी उप-प्राध्यापक, चिनियाँ परम्परागत चिकित्सा विधि सम्बन्धी चिकित्साकर्मी छ्य्वी सेन छिनले सिड्नीको एउटा चिकित्सा केन्द्रमा एक किसिमको चिनियाँ जडीबुटी औषधी बनाएकी थिइन। त्यो औषधी त्यहाँ लोकप्रिय छ।

यस किसिमको औषधीमा ६ वटा जडीबुटी औषधी समावेश छन्। आज ३ बाकस औषधी सकियो। एकै छिनपछि थप औषधी ल्याउनु पर्ने छ, केही विरामीहरु आउँदै छन्।

चिनियाँ परम्परागत चिकित्सा विधिप्रति विश्वको जानकारी अरु बढ्दै आएको परिप्रेक्ष्यमा चाङ पो ली भविश्यमा चिनियाँ परम्परागत चिकित्सा विधिको आधारभूत परीक्षणमा अरु बढी लगानी गर्ने बताउनुहुन्छ,

अरु बढी आधारभूत परीक्षण गरिनुपर्छ। जसबाट चिनियाँ परम्परागत चिकित्सा विधिको सिद्धान्तबारे स्पष्टसँग व्याख्या गर्नसकिनेछ। विश्वले भविश्यमा अवश्य नै चिनियाँ परम्परागत चिकित्सा विधिको महत्व बुझ्ने छ।