तेस्रो चिनियाँ अन्तराष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सीको सम्बोधन
2020-11-04 20:55:02CRI
Share with:

तेस्रो चिनियाँ अन्तराष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सीको सम्बोधन

नोभेम्बर ४ तारिख तेस्रो चिनियाँ अन्तराष्ट्रिय आयात एक्स्पो एवं होङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चको उद्घाटन समारोह शाङ्हाईमा सुरू भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत उक्त मञ्चलाई सम्बोधन गर्नुभएको छ।

उहाँका अनुसार, चीनले महामारीको रोकथामको प्रत्याभूति गर्ने आधारमा निर्धारित योजनाबमोजिम उक्त विश्वव्यापी व्यापार एक्स्पोको आयोजना गरेको छ जसले बजारको मौका बाँड्ने र विश्वको आर्थिक पुनर्थानलाई बढाउने सदिच्छापूर्ण इच्छा देखाएको छ। 

दोस्रो चिनियाँ अन्तराष्ट्रिय आयात एक्स्पोमा घोषित वैदेशिक खुलापनलाई विस्तार पार्ने अनेकन कदमहरू चौतर्फी रूपमा व्यवहारमा उतारिएको राष्ट्राध्यक्ष सीले दोहोर्‍याउनुभएको छ।

उहाँका अनुसार, खुलापन तथा सहयोगको तर्फ जाने प्रवृत्तिमा कुनै परिवर्तन भएको छैन। विभिन्न देशहरूले हातमा हात मिलेर साझा रूपमा जोखिम तथा  चुनौतिको सामना गर्नुपर्छ र सहयोग तथा वैचारिक आदानप्रदानलाई सबल पार्नुपर्छ साथै वैदेशिक खुलापनलाई विस्तार पार्नुपर्छ।

चीनले खुलापन, सहयोग, एकता तथा साझा विजयको विचार लिएर चौतर्फी रूपमा खुलापनलाई विस्तार गर्नुका साथै अझ प्रभावकारी रूपमा स्वदेशी तथा विदेशी बजारलाई सम्पर्क पार्ने र मुख्य श्रोत बाँड्ने कुरामा राष्ट्राध्यक्ष सीले जोड दिनु भएको छ। जसबाट चिनियाँ बजारलाई विश्वको बजार, बाँड्ने बजार र सबैको बजार बनाएर अन्तर्राष्ट्रिय जगतमा अझ बढी सकारात्मक शक्ति थप्ने उहाँले औँल्याउनुभयो। 

एक अर्ब चालीस करोड जनसंख्या भएको चीनमा मझौला आम्दानी पाउने समूहको संख्या ४० करोड छ जुन विश्वमा सबभन्दा ठूलो निहित शक्ति भएको ठूलो बजार हो। आगामी १० वर्षमा चीनको आयात संलग्न रकम २२ खर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत् सम्बोधन गर्दै उक्त जानकारी दिनुभएको हो।

अन्तर्देशीय व्यापार सम्बन्धी  नकारात्मक सूची, डिजिटल अर्थतन्त्र, इन्टरनेट क्षेत्रको खुलापनको विस्तार लगायत नयाँ कदम सार्वजनिक गर्ने जानकारी चिनफिङले दिनुभएको छ। चीनले खुलस्त तथा पारदर्शी विदेश सम्बद्ध कानुनी प्रणालीको सुधारमा निरन्तरता दिँदै बौद्धिक सम्पत्ति सर्वाधिकारको संरक्षणको प्रवर्द्धन गर्नुका साथै विदेशी कम्पनीको बैधानिक हक-अधिकारको संरक्षण गर्दै बताउनुभयो। अझ बढी मुलुकसँग उच्च मापदण्ठडको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न चीन इच्छुक रहेको पनि उहाँले उल्लेख गर्नुभयो।