चाइना मिडिया ग्रुपद्वारा चौतर्फी रुपमा तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोको रिपोर्ट
2020-11-04 10:16:30cri
Share with:

चाइना मिडिया ग्रुपद्वारा चौतर्फी रुपमा तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोको रिपोर्ट

तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ४ तारिख शुरु हुँदैछ। हाल चाइना मिडिया ग्रुपका विविध रिपोर्ट कार्य पनि शुरु भएको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले ३ तारिख तथ्यमार्फत अन्तर्राष्ट्रिय प्रसारण र नयाँ मिडियाको सिर्जनशीलताको सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्दै तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोको सफल आयोजनाका लागि सशक्त जनमत समर्थन रहेको औँल्याउनुभएको छ।

चाइना मिडिया ग्रुपद्वारा चौतर्फी रुपमा तेस्रो चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पोको रिपोर्ट

हाल चाइना मिडिया ग्रुपका ८ सयभन्दा बढी सम्वाददाताहरू एक्स्पोस्थलमा समाचार सङ्कलन कार्यमा व्यस्त भइरहेका छन्। यस एक्स्पोको अवधिमा चाइना मिडिया ग्रुपले आफ्नो प्रसारणको श्रेष्ठताको सदुपयोग गर्दै समाचार, टिप्पणी लेख, छोटो भिडियो, प्रत्यक्ष प्रसारण र फोटो आदि मिडिया वस्तुहरूमार्फत चीनको निरन्तर रुपमा अझ उच्चस्तरीय खुलापनलाई अघि बढाउँदै जाने र खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने दृढ अठोट र वास्तविक गतिविधिलाई देखाउने छ।