अ बु गाउँका वासिन्दाहरूद्वारा आलुबखडाबाट सुखमय जीवनको स्वाद चाख्दै
2020-11-06 10:16:11cri
Share with:

अ बु गाउँका वासिन्दाहरूद्वारा आलुबखडाबाट सुखमय जीवनको स्वाद चाख्दै

अ बु गाउँ सछ्वान प्रान्तको वन छ्वान जिल्लामा पर्दछ। सन् २०१०मा वन छ्वान जिल्लाले “दक्षिणमा वनस्पति रोप्ने र उत्तरमा फलफूल रोप्ने”परियोजना थालेको थियो। उक्त परियोजनाअनुसार, वन छ्वान जिल्लाको उत्तरमा पर्ने सुख्खा बस्ती र गाउँमा फलफूल अर्थतन्त्रको प्रचार-प्रसार गरिने छ। वन छ्यान जिल्लाले किसानलाई फलफूल व्यवसायमा संलग्न हुन प्रोत्साहन गर्न धेरै सहायता नीति प्रस्तुत गरेको छ।

प्राविधिक सेवा फलफू व्यवसायको विकास गर्ने महत्वपूर्ण भाग हो। वन छ्वान जिल्लाको प्रविधि र कृषि तथा पशुपालन व्यूरोका उप प्रमुख छे चु भन्छन् “हामीले प्राविधिक तालिम दिन्छौं। हाम्रो जिल्ला र गाउँका कृषि प्राविधिज्ञले किसानलाई तालिम दिन खेत जान्छन्।”

वन छ्वान जिल्लाको प्रविधि र कृषि तथा पशुपालन व्यूरोमा २८ वर्षसम्म काम गरेकी चौ क्वै हुङ एक जना कृषि प्राविधिज्ञ हुन्। वन छ्वान जिल्लाले फलफूल अर्थतन्त्रको विकास गरेको वर्षहरूमा उनी समस्त जिल्लामा फलफूल बिरुवा रोपेका सबै गाउँहरू गइन्। उनी भन्छिन् “फलफूल बिरुवा समस्या भएमा किसानले हामीलाई टेलिफोन गरेका थिए। हामीले टेलिफोनबाट स्पष्ट रुपमा सिकाउने हो भने सिधै रुपमा भनेका थियौं। नत्र भने हामी गाउँ गएर किसानलाई तालिम दिनुपर्‍यो।”

चालू वर्षमा मात्रै चौ क्वै हुङ अ बु गाउँ तीन पटक गइन्। प्रायजसो समयमा उनी गाउँ गइन, उनले कार्यालयमा रोपेको फूल सुक्यो। तर उनको तालिम लिएका किसानहरूले रोपेका फलफूल बिरुवाहरू राम्रोसँग हुर्केका छन्।

सन् २०१७मा अ बु गाउँका वासिन्दा छन छि हुङ परिवारको आलुबखडा फसल पाक्ने सिजनमा प्रवेश भएको छ। उनको परिवारका प्रति व्यक्तिको वार्षिक आम्दानी बढेर ६९०० चिनियाँ युआन पुगेको थियो। त्यो वर्षमा अ बु गाउँका २५ वटा गरिब परिवार आलुबखडामा भर भई गरिबीबाट मुक्त भए।

गरिबीबाट मुक्त भइसकेका वासिन्दालाई गरिबीमा पुनःनफर्कन प्रत्याभूति गर्नु चिनियाँ कम्युनिष्ट पार्टीको अ बु गाउँ समितिका प्रथम सचिव फङ श थाङको मुख्य कार्य हो। उनी भन्छन् “हाल गरिबी निवारणका महत्वपूर्ण कार्यहरूमध्येको एक वासिन्दाले आलुबखडाको व्यवस्थापन प्रविधि जान्नु हो। यसले गर्दा आलुबखडाको गुणस्तर माथि उकासिने छ।”

चालू वर्ष ३२ वर्षीय फङ श थाङ तीन वर्षअघि स छ्वान प्रान्तीय नान छोङ व्यावसायिक प्रविधि कलेजबाट वन छ्वान गए। पहिले उनी कलेजका शिक्षक भए। अ बु गाउँ आएपछि उनले स छ्वान कृषि विश्वविद्यालय, नान छोङ व्यावसायिक कलेजआदि विद्यालयहरूका विशेषज्ञहरूलाई आलुबखडाको रोपाई प्रविधि तालिम दिन निमन्त्रण गरेका छन्।

यसबाहेक, फङ श थाङले पनि स्थानीय वासिन्दाका छोराछोरीलाई पढ्न बाहिर जान प्रोत्साहन गरेका छन्। उनको सुझाव सुनेपछि छन छि हुङ परिवारका दुई जना छोराले माध्यमिक विद्यालयबाट स्नातक भएपछि एक जना शिशु नर्मल विद्यालय र अर्को जना नर्सिंग विद्यालयमा भर्ना भइन्।

गत वर्ष छन छि हुङ परिवारको चोखो आम्दानी करीब ७७ हजार चिनियाँ युआन पुगेको थियो। उनले ट्रक खरीद गर्न ५० हजार चिनियाँ युआन खर्च गरेका छन्। सन् २००८ वन छ्वान भूकम्प भएपछि अ बु गाउँमा सिमेन्ट राजमार्गको निर्माण गरिएको थियो। यो राजमार्गबाट अ बु गाउँको आलुबखडा शांगहाई, च च्याङ, युन नान र क्वाङ तोङतर्फ ढुवानी गरिएको छ।