पैचिङस्थित चिनियाँ रेलमार्ग सङ्ग्रहालय
2020-11-16 10:03:20cri
Share with:

पैचिङस्थित चिनियाँ रेलमार्ग सङ्ग्रहालय

पैचिङस्थित चिनियाँ रेलमार्ग सङ्ग्रहालयको क्षेत्रफल १ हजार वर्गमिटर छ। यो चीनको राष्ट्रिय व्यावसायिक रेल सङ्ग्रहालय हो। हालको चिनियाँ रेलमार्ग सङ्ग्रहालय पूर्ववर्ती रेल मन्त्रालयको विज्ञान तथा प्रविधि सङ्ग्रहालय थियो। यो सन् १९७८ मा स्थापना भएको हो र सन् २००३ मा चिनियाँ रेलमार्ग सङ्ग्रहालय नामाकरण गरिएको हो। यो सङ्ग्रहालयमा प्रदर्शन गरिएका रेलहरूले चिनियाँ रेलको इतिहास बोकेका छन्।