चीनका पूर्व राष्ट्राध्यक्ष माओको विशेष रेल
2020-11-16 10:08:24CRI
Share with:

चीनका पूर्व राष्ट्राध्यक्ष माओको विशेष रेल

चीन रेलमार्ग सङ्ग्रहालयमा पूर्व राष्ट्राध्यक्ष माओ चतुङले राजधानीबाट अन्यत्र जाने बेलामा चढ्ने गर्नुभएको विशेष रेल प्रदर्शनमा राखिएको छ। उहाँले रेल छान्नुका कारणहरू विविध छन्। पहिलो मुख्य कुरा सुरक्षाका लागि भन्ने थियो। तर राष्ट्राध्यक्ष माओका कर्मचारीको भनाइ यस्तो छ - राष्ट्राध्यक्ष माओ रेलद्वारा यात्रा गर्दा पनि काम गर्नुहुन्थ्यो। रेलमा यात्रा गर्दा काम गर्न सजिलो हुन्छ। स्थानीय अधिकारीसँग भेट गरेर स्थानीय क्षेत्रमा भइरहेको कार्यको जानकारी पाउन पनि रेल उपयुक्त थियो।

एउटा गोप्य जानकारी यसरी लेखिएको थियो - एकपटक शत्रुले राष्ट्राध्यक्ष माओको विशेष रेलमाथि बम प्रहार गर्ने योजना बनाएको थियो। तत्कालै माओले निर्धारित यात्रा योजना परिवर्तन गरेर त्यो षडयन्त्र विफल बनाउनुभएको थियो।