चिनियाँ भाषामा पिएचडी गर्ने जिम्बावेका पहिलो व्यक्ति चिनियाँ भाषा सिकाउन व्यस्त
2020-11-16 15:42:48cri
Share with:

चिनियाँ भाषामा पिएचडी गर्ने जिम्बावेका पहिलो व्यक्ति चिनियाँ भाषा सिकाउन व्यस्त

चालू वर्ष चीनको तेह्रौं पञ्च वर्षीय योजनाको अन्तिम वर्ष हो। विगत पाँच वर्षयता चीनको आर्थिक तथा सामाजिक विकासमा फड्को मार्ने गरी उपलब्धि हासिल भएको छ। जसले चिनियाँ जनताका लागि थप सुखी जीवन प्रदान गर्नुका साथै विश्वसँग विकासको अवसर बाँडेको छ। विश्व र चीन बीचको सम्पर्क पनि अरु घनिष्ठ हुँदै आएको छ। चीन र अफ्रिका बीचको सहयोग निरन्तर रुपमा गहन हुँदै आएको परिप्रेक्ष्यमा अरु बढी अफ्रिकीहरुले चिनियाँ भाषा सिक्न थालेका छन्। धेरै अफ्रिकीहरुले चिनियाँ भाषा सिकेपछि उनीहरूको भाग्य परिवर्तन भएका छन्। यसका साथै उनीहरुले आफ्नो देशमा चिनियाँ भाषाको प्रचार-प्रसार गरी अरु बढी अफ्रिकीहरुलाई चिनियाँ भाषा प्रशिक्षणबाट लाभ गराएका छन्। आजको कार्यक्रममा जिम्बावेका चिनियाँ भाषामा पिएचडी गरेका पहिलो व्यक्ति ली खाई मिङको चिनियाँ भाषा पढ्ने कथा तपाईँहरुलाई सुनाउँछु।

मेरो नाम ली खाई मिङ हो। म अहिले चिनियाँ भाषा सिकाउने एक शिक्षक हुँ। चिनियाँ भाषा सिकाउनु मेरो रूचि र मेरो जीवन पनि हो।

जिम्बावे विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्यूटका पहिलो स्थानिय शिक्षकको नाम हर्बट मुशाङवे हो। ली खाई मिङ उनको चिनियाँ नाम हो। उनले सन् २००७ मा चीनमा चिनियाँ भाषा पढेका थिए। सन् २०११ मा थ्यान चिन नर्मल विश्वविद्यालयमा स्नातकोत्तर गरेका थिए। सन् २०१५ मा उनले ह पै विश्वविद्यालयमा डाक्टरको डिग्री हासिल गरेका थिए। उनी चिनियाँ भाषामा पिएचडी गर्ने जिम्बावेका पहिलो व्यक्ति हुन्।

चिनियाँ भाषा पढ्नुअघि ली खाई मिङ एउटा गाउँमा शिक्षक थिए। सन् २००७ मा उनले चीनमा पढ्ने अवसर पाएका थिए।

सन् २००७ मा जिम्बावे विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्यूटको स्थापना हुँदा चीनमा चिनियाँ भाषा सिक्ने दुई वटा छात्रवृत्ति थियो। मेरो विश्वविद्यालयका शिक्षकले मलाई चीनमा “चित्र कोर्ने” सिक्ने सोध्नुभएको थियो। किनभने उहाँको आँखामा चिनियाँ अक्षर चित्र जस्तै थियो। मैले नहिचकिचाइकन स्वीकार गरेको थिएँ।

ली खाई मिङका अनुसार, चिनियाँ भाषा सिक्ने निर्णयले आफ्नो जीवन परिवर्तन भएको छ। एक जना गरिब मान्छेबाट विश्वविद्यालयका शिक्षक बनेपछि उनको अझ उच्च सामाजिक स्थान बनेको छ। चिनियाँ भाषा सिकेपछि उनको सोच-विचार, राजनीतिक धारणा र सांस्कृतिक अवधारणामा पनि परिवर्तन आएको छ। आफू एक “कालो छालाका चिनियाँ” हो उनको विचार यस्तो छ।

चिनियाँ संस्कृतिको असरमा म समयमै काम गर्छु र ढिलो गर्दिन। समस्या हेर्ने मेरो तरिका पनि अरु अफ्रिकीको तुलनामा फरक छ। कहिलेकाहीँ मेरो विद्यार्थीले मलाई भन्ने गर्छ, “गुरु जी, तपाईँ चिनियाँ जस्तै मेहनती हुनुहुन्छ”। चिनियाँ भाषा सिकेपछि ममा धेरै सक्रिय परिवर्तन आएको छ।

चिनियाँ भाषा पढाइबाट लाभान्वित हुने अवसर पाएको र उनको सफलता देखेर जिम्बावेका अरु धेरै व्यक्तिहरु चिनियाँ भाषा सक्ने आशा गरेका छन्।

विश्वमा चीनको प्रभाव दिन प्रतिदिन बढ्दै आएको परिप्रेक्ष्यमा चिनियाँ भाषा पनि लोकप्रिय बन्दैआएको छ। धेरै मुलुकका व्यक्तिहरु चिनियाँ भाषा पढ्दै छन्। जिम्बावे पनि एक हो। जिम्बावेमा चिनियाँ भाषाको प्रचार-प्रसार गर्ने मेरो जिम्मेवारी छ।

ली खाई मिङ भर्खरै जिम्बावे विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्यूटको प्रिन्सपल पद छोडेका छन्। उनले चिनियाँ भाषाको अध्ययन र चिनियाँ भाषा सम्बन्धी अरु बढी पुस्तक प्रकाशन गर्ने योजना बनाएका छन्।