छाङचङ नं.५ ढुवानी रकेट नोभेम्बरको अन्तमा प्रक्षेपण गरिने
2020-11-17 14:37:30CRI
Share with:

छाङचङ नं.५ ढुवानी रकेट नोभेम्बरको अन्तमा प्रक्षेपण गरिने

“छाङचङ” नं.५ ढुवानी रकेट तथा “छाङहो” नं.५ चन्द्रमा अन्वेषण यन्त्र यसै नोभेम्बर महिनाको अन्तमा प्रक्षेपण गरिने भएको छ। उक्त जानकारी नोभेम्बर १७ तारिख चीन राष्ट्रिय अन्तरिक्ष प्रशासन व्यूरोले दिएको हो।

छाङचङ नं.५ ढुवानी रकेट नोभेम्बरको अन्तमा प्रक्षेपण गरिने

यस अघि छाङचङ नं.५ ढुवानी रकेटबाट मङ्गल ग्रहको अन्वेषणका लागि थेनवन नं.१ अन्वेषण यन्त्रको सफलताका साथ प्रक्षेपण गरिएको थियो।

छाङचङ नं.५ ढुवानी रकेट नोभेम्बरको अन्तमा प्रक्षेपण गरिने

“छाङहो” नं.५ चन्द्रमा अन्वेषण यन्त्रको यस पटकको कार्य चन्द्रमाको अन्वेषण परियोजनामध्येको छैठौं हो र चन्द्रमाको बाहिरी भागको नमूना लिएर फर्किने योजना छ। सो ल्याइने नमूना चन्द्रमाको उत्पत्ति र विकास इतिहासको वैज्ञानिक अनुसन्धानमा प्रयोग गरिने छ। हालसम्म अन्तरिक्ष क्षेत्रमा चीनले गरेको यो नै सबैभन्दा जटिल र कठिन कार्य हो।