#अल्पसंख्यक जाति# चाउचाउमा सुखद स्वाद
2020-11-17 10:51:53cri
Share with:

#अल्पसंख्यक जाति# चाउचाउमा सुखद स्वाद

ट्रोमाराम  चिनियाँ तिब्बती छाङतु शहरीय माङखाङ जिल्लाको नासी जातीय बस्तीकी बासिन्दा हुनुहुन्छ। सन् १९८४ मा जन्मिन भएकी ट्रोमाराम नै ततस्थानमा समृद्धि सिर्जना गर्ने नेतृत्वकर्ता महिला र कोलाचौ नामक तिब्बत शैली होमस्टेकी साउनी हुनुहुन्छ।

माध्यमिक विद्यालयमा पढ्दा ट्रोमारामका बुवा-आमालाई रोग लाग्यो। त्यसका साथै परिवारमा दुईजना पढिरहेका दिदी पनि भएकाले ट्रोमारामको पारिवार अझ गरिब बन्दै थियो। त्यसैले उहाँले पढाइ छोड्न वाध्य हुनुपर्‍यो।

ट्रोमारामको जन्मथलोमा च्या च्या चाउचाउ नामक विशेषतायुक्त खानेकुरा छ। पहिला नान सि जातीय बस्तिमा धेरै च्या च्या चाउचाउमन भोजन पसलहरु भए तापनि  अधिकांश पसल सञ्चालनामा ध्यान दिएका थिएनन्। ट्रोमारामले चाउचाउ पसलको स्थापना गर्ने निर्णय गर्नुभयो। उहाँले विशेष गरी चाउचाउ बनाउने हरेक कदमको प्रविधि सिक्नुभयो।

च्या च्या चाउचाउ बनाउँदै ट्रोमारामले धेरै प्रयासमा आफ्नो पसलको विकास गर्दै आउनुभएको छ। दृढ प्रयासबाट ट्रोमारामको पसल झन झन बढी नामी बनेको छ। उहाँको आम्दानी पहिलेको प्रतिवर्ष दश हजारबाट हालको पचास-साठी हजार युआनसम्म पुगेको छ।