सीद्वारा चीनको 5G+ औद्योगिक इन्टर्नेट सम्मेलनलाई शुभकामना सन्देश
2020-11-20 17:01:00cri
Share with:

चीनको 5G + औद्योगिक इन्टर्नेट सम्मेलन नोभेम्बर २० तारिख चीनको हुपै प्रान्तको सदरमुकाम वुहान शहरमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

नेता सीले विश्वसमक्ष नयाँ चरणको वैज्ञानिक तथा प्राविधिक क्रान्ति र औद्योगिक सुधार भएको र सूचना प्रविधि पनि सुधारिँदै 5G र औद्योगिक इन्टर्नेटको समन्वयबाट चीनको डिजिटलाइजेशन, स्मार्ट समाजको निर्माण, नयाँ ढाँचाको औद्योगिकरण प्रकृयालाई अघि बढाएर चीनको आर्थिक विकासलाई नयाँ शक्ति दिन र महामारी फैलिएको विश्वलाई नयाँ विकास मौका प्रदान गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो।

नेता सीले सम्मेलन वुहानमा आयोजना भएको निकै विशेष अर्थ रहेको भन्दै हुपै प्रान्त र वुहान शहरले यो सुअवसर समातेर महामारी विरूद्ध गर्ने महान् भावना लिएर डिजिटल अर्थतन्त्रको विकासलगायत आर्थिक उच्च गुणस्तरीय विकास र नयाँ विकास ढाँचाको रचनामा योगदान दिने आशा आफूले लिएको बताउनुभएको छ।