चीनका राष्ट्राध्यक्ष सी जी-२०को १५औं शिखर सम्मेलन अन्तर्गत दोस्रो चरणको बैठकमा सहभागी
2020-11-23 17:06:06cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २२ तारिख राति पैचिङमा भिडियोमार्फत्  जी-२०को १५औं शिखर सम्मेलन अन्तर्गत दोस्रो चरणको बैठकमा सहभागी हुनुभएको छ।

आफ्नो भाषणमा उहाँले दिगो विकासबारे धारणा व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, सहिष्णु, दिगो विकास तथा लचिलो भविष्यको निर्माण गर्नका लागि विश्वव्यापी रूपमा गरिबी निवारण कार्य ज्यादै महत्वपूर्ण रहेको छ। राष्ट्राध्यक्ष सीले भन्नुभयो, ‘कोभिड-१९ महामारीको प्रभावमा व्यवहारिक कदमहरूको यसअघि कहिल्यै नभएकोभन्दा अझ बढी चाहिन्छ।’

अडानका साथ विकासको प्राथमिक विचारलाई कायम राख्नुपर्ने बताउँदै उहाँले पहिलोमा राष्ट्र संघीय सन् २०३० दिगो विकास एजेन्डाको व्यावहारिक नेतृत्व तथा सहकार्य सबल पारेर दक्षिण तथा उत्तरको अन्तरलाई कम पार्नुपर्ने बताउनुभयो। त्यस्तै उहाँले दोश्रोमा 44 चौतर्फी तथा सन्तुलित नीति तथा कदम चाल्नुपर्ने र तेस्रोमा राम्रो अन्तर्राष्ट्रिय अर्थतन्त्रको वातावरणको निर्माण गर्नुपर्ने औंल्याउनुभयो।

चीनले महामारीको प्रभावको सामना गर्दा निर्धारित योजनाभन्द दश वर्षअधि पूर्ण गरिबी उन्मूलन लक्ष्यलाई साकार तुल्याउने राष्ट्राध्यक्ष सीले बताउनुभयो। शिखर सम्मेलनले “जी २०को रियाद शिखर सम्मेलन घोषणा पत्र” पारित गरेको छ।