पृथ्वीको संरक्षण सम्बन्धि राष्ट्राध्यक्ष सीको सम्बोधन
2020-11-23 17:13:35cri
Share with:

नोभेम्बर २२ तारिख आयोजित बीस मुलुक समूहका नेतागण रियाद शिखर सम्मेलन अन्तर्गत ‘पृथ्वी संरक्षण’ बैठकमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुभएको छ। सम्बोधनमा सीले पृथ्वी साझा घर भएकाले मानवजातिको साझा  भाग्य समुदायको अवधारणा सहित हातमा हात मिलाएर जलवायु तथा वातावरण क्षेत्रमा देखापर्ने चुनौतीको सामना गर्नुपर्ने यस नीलो ग्रहको राम्ररी संरक्षण गर्नुपर्ने औंल्याउनुभएको छ।

साथै उहाँले पृथ्वीको संरक्षण सम्बन्धि ३ बुँदे धारणा पनि व्यक्त गर्नुभएको छ।

एक, जलवायु परिवर्तनको सामनामा महत्व दिनुपर्छ।

दुई, स्वच्छ उर्जासम्म परिणत गर्ने प्रक्रियालाई गहन तथा गतिशील पार्नुपर्छ।

तीन, प्रकृतिको सम्मानजनक पर्यावरणीय प्रणालीको निर्माण गर्नुपर्छ।