#अल्पसंख्यक जाति# स्याउ परिपक्व हुँदा सर्वसाधारण हाँसे
2020-11-24 20:48:00cri
Share with:

#अल्पसंख्यक जाति# स्याउ परिपक्व हुँदा सर्वसाधारण हाँसे

सुनौलो शरद ऋतुमा यार्लुङ चाङपो नदी अर्थात् ब्रम्हपुत्र नदीको किनारामा दृश्य ज्यादै सुन्दर देखिन्छ। तिब्बत स्वायत्त प्रदेशको लिनच शहरीय मिलिन जिल्ला छ्याङना बस्तीमा लगभग एक वर्ग किलोमिटरजति फलफुल पार्क छ। त्यहाँ पङ्क्ति- पङ्क्तिका स्याउ रूखमा रातो स्याउहरू झुण्ड्याइएका छन्। प्रचुर फसल भित्र्याउने ऋतु आयो।

लिनच शहरको सरदर उचाई ३ हजार १ सय  मिटर भएर तिब्बतमा महत्वपूर्ण फलफूल उत्पादनको आधार क्षेत्र हो। सन् २०१७ मा लिनचमा आधुनिक स्याउरोपन पार्कको स्थापना भएको हो। उक्त पार्कको क्षेत्रफल १.२ वर्ग किलोमिटर छ। पार्कका जिम्मेवार याङ खाइफिङले दिएको जानकारीअनुसार, केही वर्षयता पार्कले १६ श्रेष्ठ प्रकारका लाखौं स्याउ रूख भित्र्याएर हरित पर्यावरणमा जोड दिएको छ। हाल उत्पादन दक्षता स्पष्ट रूपमा बढेको छ।

#अल्पसंख्यक जाति# स्याउ परिपक्व हुँदा सर्वसाधारण हाँसे

धुनस्याउ रोपन पार्कमा प्रवेश गरेर विविध प्रकार र रंगका स्याउ हेर्न सकिन्छ। दशौं स्थानीय गाउँलेले पार्कमा व्यस्त भएर काम गर्दैछन्। उनीहरूमध्ये कोही झ्याउ हटाउँदै छन्, कोही स्याउ टिप्दै र कोही सिंचाई गर्दैछन्।

न्याङ लुङ गाउँकी गाउँले ट्रेरेन याङचिन पार्कमा सबैभन्दा अघिल्लो काम गर्ने स्थानीय बासिन्दा हुनुहुन्छ। उहाँले भन्नुभयो- हाल हरेक दिन  म १४० युआन कमाउँछु। सन् २०१७यता हरेक वर्ष ज्याला वृद्धि हुन्छ। सुरूमा मलाई केही पनि थाहा थिएन। पार्कका गुरूले मलाई सिकाउनुभयो। हाल म जे काम पनि गर्नसक्छु।

घरको नजिक भएको र आय बढी भएकाले गाउँका ३२ परिवारमध्ये हरेक परिवारमा गाउँले उक्त फलफुल पार्कमा काम गरेका छन्।

जिम्मेवार याङ खाइफिङका अनुसार, स्याउबाहेक पार्कले आरू, चेरी, बेर, अंगुर आदि फलफुल पनि भित्र्याएको छ। भविष्यमा पार्कमा उत्पादन प्रकार अझ प्रशस्त हुनेछ।

पार्कको निर्माणले स्थानीय बासिन्दाका लागि स्पष्ट आर्थिक फाइदा पुर्याएको छ। पार्कको जमीन छ्याङ ना जिल्लाका ४ गाउँको हो। त्यसैले  जमीनको भाडा प्रतिवर्ष १९ लाख युआनभन्दा बढी हुन्छ। त्यसबाहेक पार्कका लागि धेरै श्रमिक चाहिन्छ। गत वर्ष लगभग ९ हजार जनाले पार्कमा काम गरेका थिए जसबाट आम्दानी १२लाख युआनभन्दा बढी भएको थियो।

लिनपा गाउँकी गाउँले ट्रोमाले एक वर्षमा बीस हजार युआनभन्दा बढी कमाउनसक्ने कुरा बताउनुभयो। उक्त कुरा भन्दा ट्रोमा हाँस्नुहुन्छ। अरू कार्यरत् दिदीहरू पनि हाँस्दैछन्। उनीहरू हाँसिरहेको अनुहार हेर्ने हो भने ठ्याक्कै रातो स्याउ जस्तै देखिन्छ।