चीनका राष्ट्राध्यक्ष सी र इथियोपियाका राष्ट्रपतिबीच बधाइ सन्देश आदानप्रदान
2020-11-24 16:58:56cri
Share with:

दौत्य सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा नोभेम्बर २४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ तथा इथियोपियाका राष्ट्रपति साहले वर्क जुदेबीच बधाइ सन्देश आदानप्रदान भएको छ।

सन्देशमा चीनका राष्ट्राध्यक्ष सीले महामारीपछि दुवै देशले एकले अर्कालाई सहयोग गरेर चीन-अफ्रिकी मुलुकबीच एक भएर महामारीको प्रतिरोधको नमूना कायम राखेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘दौत्य सम्बन्ध स्थापना भएको ५०औं वार्षिकोत्सवको मौका छोपेर बीआरआईको संयुक्त निर्माणलाई मजदूत पार्दै दुई देश तथा जनताको हित-कल्याणको सिर्जना गरेर चीन-अफ्रिका संयुक्त भाग्य समुदायमा अझ घनिष्ट सम्बन्ध राख्नको लागि सकारात्मक योगदान प्रदान गर्दै जाने चीनको इच्छा छ।’  

त्यसैगरी बधाइ सन्देशमा इथियोपियाका राष्ट्रपति जुदेले सीसँगको घनिष्ट सहयोगमा आपसी परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई अघि बढाउने, द्विपक्षीय सहयोगलाई गहन पार्ने तथा दुई देशका जनताको हित-कल्याण थप्ने आशा गर्नुभएको छ।