याङ सी नदीको सान् स्या सम्बन्धी कथा-1
2020-11-25 10:40:23cri
Share with:

याङ सी नदीको सान् स्या सम्बन्धी कथा-1

याङ सी नदीको सान् स्या सम्बन्धी कथा-1

याङ सी नदी चीनको पहिलो ठूलो नदी र एशियाको तेस्रो ठूलो नदी हो। याङ सी नदीको माझ खण्ड र सिरानमा छ्यु थाङ स्या, उ स्या, सी लिङ स्या गरी तीनवटा खोंच छन् र तीनलाई चिनियाँ भाषामा सान् स्या भनिन्छ। नेपालीमा तीनलाई तीन खोंच वा तीन घाँटी भनिन्छ। याङ सी नदीका तीन खोंचको कुल लम्बाइ लगभग दुइ सय किलोमिटर छ। नदीका आसपासको भौगोलिक अवस्था निकै विलक्षण हुनुका साथै त्यहाँको दृश्य पनि धेरै मनोहर रहेकाले यस क्षेत्रले विश्वमा प्रसिद्ध दृश्यावलोकन क्षेत्रको नाम कमाइएको छ।


       याङ सी नदीको तीन खोंचको पश्चिमी लङमा पर्ने छ्यु थाङ स्या खोंचको मुखमा [ पाइ ती छङ ] नामक एक प्रसिद्ध दृश्यावलोकन स्थल छ। [ पाइ ती छङ ], यो नाम एक साँचो ऐतिहासिक कथासित सम्बन्धित छ। कथाका मुख्य पात्रको नाम कुं सुन् शु हो।

       सन् 25 सालमा चीन युग र वंशको परिवर्तन हुने अवधिमा रहेको थियो। सि हान् अर्थात पश्चिमी हान् वंशलाई किसानहरुको विद्रोही सेनाले पल्टाइदियो तर नयाँ वंशको स्थापना भने भएको थिएन। स्थानीय सेनापति कुं सुन् शुले दक्षिण-पश्चिमी क्षेत्रमाथि नियन्त्रण गरेर परिस्थितिको परिवर्तनलाई कुरेका थिए।

       एक दिनको कुरो थियो, कुं सुन् शुले एक सपना देखे। सपनामा कुनै मान्छेले “तपाई बीस वर्षसम्म राजसिंहासनमा बस्न पाउनुहुनेछ” भनेर उनलाई भन्यो। सपनाबाट बिउँझेपछि कुं सुन् शुलाई निकै अचम्म लाग्यो। अर्को दिन विहानीपख कुं सुन् शु आँगनमा डुलिरहेका बेला बारीमा रहेको इनारबाट सेतो धुवाँको मुस्लो निस्केर एक सेतो ड्रागन जस्तो आकारमा आकाशतीर उड्दै गरेको देखेका थिए। यो नै राजसिंहासनमा बस्नपाउने एक लक्षण हो भन्ने विचार कुं सुन् शुमा आयो। त्यसै कारण कुं सुन् शुले एक समारोहको आयोजना गरी आफैलाई ईश्वरका छोरा अर्थात सम्राटको पद दिएर पाइ तीको नाम राखे र छ्यु थाङ स्या खोंचको मुखनीर स्थापित शहरको नाम परिवर्तन गरेर [पाइ ती ठङ] अर्थात श्वेत सम्राट नगरको नाम दिए र त्यस नगरको संरक्षण गर्न धेरै सेना पनि तैनाथ गराए।

      कुं सुन् शुका मा युआन् नामका एकजना मित्र थिए। तिनी निकै दक्ष थिए। मा युआनले उक्त कुरा सुनेपछि विशेष रुपमा कुं सुन् शुकहाँ आइपुगे। कुं सुन् शुले सम्राटको अभिमान प्रदर्शन गर्दै आफ्ना पूराना मित्रसँग राम्रो व्यवहार गरेनन। कु सुन् शुले आफ्ना कर्मीलाई मा युआनका लागि साधारण मान्छेले लाउने सुती कपडाको लुगा बनाउन आदेश दिए। त्यसपछि राजपरीवारका रक्षक तथा जंगी र निजामती भारादारहरुको दर्शन-भेटको आवाजमा कुं सुन् शुले मा युआन‌लाई दर्शन-भेट गर्न बोलाए र मा युआनलाई पूरै सेनाको नेतृत्वदायी एक पदवी पनि दिए। मा युआनका साथमा आएका अरु पाहुनाहरुलाई निकै खुशी लागेर त्यहाँ बस्न पाउने तिनीहरुको इच्छा जाहेर गरे। तर मा युआनले सबैलाई भनेः “अहिले धेरै गोलमाल भएको छ र सारा देशको एकीकरण गर्ने मानिस अनिश्चित छ। कु सुन् शुले विनम्रताका साथ दक्ष व्यक्तिलाई स्वागत गरेर मुलुकको महत्वपूर्ण नीति, कार्यनीतिको छलफल गर्ने कुरा नबुझेर सानातिना कुरामाथि मात्र ध्यान दिएको थियो र त्यो एक निकै ठूलो खेलौना हो र यस्तो मान्छेले वीर र दक्ष व्यक्तिलाई आफुकहाँ कसरी राख्न सक्छ र ” भन्दै विदाइ गरेर अन्यत्र गएका थिए ।