केन्द्रिय सैन्य आयोगको सैन्य अभ्यास बैठकमा सी चिनफिङको जोड
2020-11-25 21:20:26CRI
Share with:

केन्द्रिय सैन्य आयोगको सैन्य अभ्यास बैठक २५ तारिख पैचिङमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले बैठकमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

उहाँले जोड दिनुभयो, ‘नयाँ युगमा सेनालाई बलियो पार्ने पार्टीको विचार र सैन्य रणनीतिलाई व्यवहारमा उतार्दै युद्धको तयारीलाई कायम राख्नुका साथै सुधार तथा नयाँ सिर्जनालाई सबल पारेर नयाँ सैन्य अभ्यास प्रणालीको निर्माणलाई तीव्र पारी सैन्य अभ्यासको स्तर र जीतको क्षमतालाई चौतर्फी रूपमा माथि उकास्नुपर्छ। जसले नयाँ युगमा सेनालाई बलियो  पार्ने पार्टी लक्ष्य साकार तुल्याउन तथा सेनालाई विश्वको पहिलो स्तरीय सेनाको निर्माण गर्नका लागि समर्थन दिनेछ।’