सत्रौं चीन-आशियान प्रदर्शनी २७ तारिख चीनको क्वाङसीमा आयोजना हुने
2020-11-26 18:50:59CRI
Share with:

सत्रौं चीन-आशियान प्रदर्शनी तथा चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलनको उद्धाटन समारोह २७ तारिख चीनको क्वाङसी प्रान्तीय नाननिङमा आयोजना हुने भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो सम्बोधन गर्नुहुने छ। उक्त जानकारी चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले २६ तारिख आयोजित पत्रकार सम्मेलनमा दिनुभएको हो।

बेल्ट एण्ड रोडको संयुक्त निर्माण डिजिटल अर्थतन्त्रको संयुक्त विकास भन्ने शीर्षक राखिएको सो प्रदर्शनीको तयारी पूरा भइसकेको छ। यस पटकको प्रदर्शनी अनलाइन र अफलाइन दुवै तरिकामा गरिने छ। चीन तथा आशियानका १० वटा मुलुकका व्यापारीबाहेक, जापान, फ्रान्स, इटली तथा रूस लगायतका २२ वटा मुलुकका उद्यमीहरूले पनि सो प्रदर्शनीमा भाग लिने छन्।