#समाचार सन्दर्भ# १७ औं चीन-आशियान मेला तथा चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलन सुरू
2020-11-27 14:59:04cri
Share with:

#समाचार सन्दर्भ# १७ औं चीन-आशियान मेला तथा चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलन सुरू

नोभेम्बर २७ तारिखका दिन १७ औं चीन-आशियान मेला तथा चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलनको उद्धाटन समारोह चीनको क्वाङसी प्रान्तीय नाननिङमा आयोजना भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो समारोहलाई भिडियो सम्बोधन गर्नुभएको छ।

 

 

यस पटकको चीन-आशियान मेला तथा चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलनको शीर्षकः“बेल्ट एण्ड रोडको संयुक्त निर्माण र डिजिटल अर्थतन्त्रको संयुक्त विकास”रहेको छ।

 

यस पटकको मेला अनलाइन र अफलाइन दुवै तरिकामा गरिएको छ। चीन तथा आशियानका १० वटा मुलुकका व्यापारीबाहेक, जापान, फ्रान्स, इटली तथा रूस गरी २२ वटा मुलुकका उद्यमीहरूले सो प्रदर्शनीमा भाग लिएका छन्।

 

बताए अनुसार, यस पटकको चीन-आशियान मेलामा पाँच हजार चार सय भन्दा बढी प्रदर्शनी स्टल छन्। विश्वका विभिन्न मुलुकका नयाँ प्रविधि, नयाँ उत्पादन वस्तुबाहेक आशियान मुलुकका खानेकुरा, कृषि वस्तुहरु, शिक्षा तथा पर्यटन र लगानी सेवासम्बन्धमा प्रदर्शनी गर्दैछन्।

 

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता को फङले विभिन्न मुलुकका विभिन्न क्षेत्रका संघ संस्थाहरु र व्यवसायका तीन हजारभन्दा बढी प्रतिनिधिहरु उक्त १७ औं चीन-आशियान मेला तथा चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलनमा सहभागी भएका छन्।

 

अन्तर्राष्ट्रिय आर्थिक विकासका लागि सबै मुलुकहरुले सहयोग र वैचारिक आदान प्रदान गर्नु जरूरी छ। चीन-आशियान वाणिज्य मामिला तथा लगानी शिखर सम्मेलनले विश्व अर्थतन्त्रको राम्रो विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्दैआएको छ। चालु वर्ष चीन-आशियान स्वतन्त्र व्यापार क्षेत्र स्थापना भएको दशौँ वार्षिकत्सव हो । दश वर्षदेखि दुई पक्षीय व्यापार सन् २०१० को २ खरब ९२ अरब ८० करोडबाट बढेर सन् २०१९ मा ६ खरब ४१ अरब ५० करोड अमेरिकी डलर पुगेको छ। यस तथ्याङ्कबाट सहयोगको महत्व देख्नसकिन्छ। चीनले निरन्तर रुपमा चालेको खुलापन चीनको लागि मात्र नभइ विश्वका लागि नै हितयुक्त कुरा हो।