फु च्यान प्रान्तीय लुङ थान गाउँको सांस्कृतिक सिर्जनशीलता विकास बाटो
2020-11-27 14:47:40cri
Share with:

फु च्यान प्रान्तीय लुङ थान गाउँको सांस्कृतिक सिर्जनशीलता विकास बाटो

फु च्यान प्रान्तीय फिङ नान जिल्लाबाट गाडीद्वारा एक घण्टासम्मको उकालो चढेपछि पहाडी क्षेत्रमा अवस्थित पाँच सय वर्ष पुरानो एउटा सानो गाउँ पुग्नसकिन्छ। यो गाउँको नाम लुङ थान गाउँ हो। धेरै वर्षदेखि त्यहाँ यातायातको राम्रो सुविधा थिएन। प्रति व्यक्ति खेतीयोग्य जमिनको क्षेत्रफल पनि थोरै थियो। जीवनयापन लागि त्यहाँका वासिन्दाहरू कामको खोजीमा गाउँ छाडेर गएका थिए। एक हजार चार सय जना मानिस रहेको गाउँमा एक सय जना मात्रै बाँकी थियो। यो गाउँ खाली गाउँ र गरिब गाउँ बन्नपुगेको थियो।

सन् २०१३ मा चीनले सटीक लक्ष्यसहित गरिबी निवारण नीति प्रस्तुत गरेको थियो। गरिब क्षेत्रको फरक अवस्था, गरिब परिवारको फरक अवस्थाबमोजिम सटीक लक्ष्यसहित सहायता दिइएको थियो। लुङ थान गाउँ प्रथम सचिव श्या सिङ युङले गाउँका अरु अधिकारीहरूसँग सांस्कृतिक सिर्जनशीलतामार्फत गरिबी निवारण अगाडि बढाउने कदम प्रस्तुत गर्नुभएको थियो। फु चौ शहरमा बसोबास गर्ने ली युङ गत वर्ष लुङ गाउँ घुम्न गएका थिए। घुमेपछि ली युङले लुङ थान गाउँको प्राकृतिक दृश्य र पुरानो आबास मन पराए र उनले आफ्नो काम छोडेर लुङ थान गाउँमै बस्ने निधो गरे। उनले एक पुरानो आबास भाडामा लिएर होमस्टे खोलेका छन्। उनी लुङ थान गाउँका नयाँ वासिन्दा बनेका छन्। उनी भन्छन्

फु च्यान प्रान्तीय लुङ थान गाउँको सांस्कृतिक सिर्जनशीलता विकास बाटो

“लुङ थान गाउँ एक पर्यटकीय स्थल होइन। यो आराम स्थल हो। यहाँ प्राकृतिक अक्सिजनको रेस्टुराँ अनि बार छ। हामी खनिज पानी पिउँछौं। व्यस्त शहरीया जीवनबाट टाढा यहाँ आएर मन शान्त बनाउन सकिन्छ। त्यसपछि फेरि शहर फर्केर काम गर्न नयाँ ऊर्जा थपिदिनेछ।”

आन व्है प्रान्तकी ५४ वर्षीय महिला वै यु पनि आफ्नो परिवार छोडेर साथीसँग लुङ थान गाउँ गएकी थिइन्। उनले लुङ थान गाउँमा कामसँगसँगै जीवन नै बिताउने निर्णय गरिन्। उनी भन्छिन् “फु च्यान प्रान्तीय फिङ नान जिल्लाका वरिपरीका गाउँहरूमा सुन्दर प्राकृति दृश्य भए तापनि लुङ थान गाउँको जस्तो वातावरण छैन। सांस्कृतिक सिर्जनशीलता व्यवसायको विकास गर्ने हो भने मानिसलाई आकर्षित गर्नुपर्छ, युवायुवतीलाई आकर्षित गर्नुपर्छ।”

फु च्यान प्रान्तीय लुङ थान गाउँको सांस्कृतिक सिर्जनशीलता विकास बाटो

छोटो समयमै, दुई वा तीन वर्षमा लुङ थान गाउँले ली युङ र वै युजस्तै एक सय जना “नयाँ वासिन्दा”लाई भित्र्याएको छ। गाउँ समितिले स्थानीय वासिन्दा र नयाँ वासिन्दालाई लुङ थान गाउँको सार्वजनिक संस्कृति भवनको निर्माण गर्न निर्देशन दिएको छ। पर्यटक लीन भन्छिन् “म यहाँ आउनुअघि नै लुङ थान गाउँको सांस्कृतिक सिर्जनशीलता विशेषताबारे थाहा पाएको थिएँ। यहाँ आएपछि लुङ थान गाउँले पुरानो आबासहरूलाई नयाँ सांस्कृतिक डिजाइनसँग जोडेको हेरेँ।”

पर्यटकहरूले लुङ थान गाउँलाई अवसर र मौका ल्याइदिएका छन्। गाउँका ५७ वटा गरिब परिवार गरिबीबाट मुक्त भएका छन्। केही वासिन्दाहरू तीन, चार वर्षमा नै धनी भएका छन्। गाउँको प्रति व्यक्ति वार्षिक आम्दानी सन् २०१७ को सात हजार चिनियाँ युआनबाट बढेर सन् २०१९ मा अठार हजार चिनियाँ युआन पुगेको छ। लुङ थान गाउँका प्रथम सचिव श्या सिङ युङ र अरु अधिकारीहरूको विचारमा लुङ थान गाउँ वासिन्दालाई धनी बनाउने दृश्य क्षेत्र मात्र नभई वासिन्दाले आफ्नो सपना साकार तुल्याउने चिनियाँ नयाँ ग्रामीण क्षेत्र बन्ने छ। श्या सिङ युङ भन्नुहुन्छ “लुङ थान गाउँको लक्ष्य एक दृश्य क्षेत्र बन्नु होइन। हामीले ग्रामीण क्षेत्रको नयाँ आबास समुदायको निर्माण गर्ने योजना बनाएका छौं। यो नयाँ आबास समुदाय ग्रामीण क्षेत्रमा पर्दछ तर यो एक नयाँ जीवन तरीका हो। यहाँ आउने व्यक्ति र स्थानीय वासिन्दाले आफ्नो सपना साकार तुल्याउनसक्ने छन्।”