चीन-आशियान सम्बन्ध मानव जाति भाग्यको एकरुपताको निर्माणलाई अघि बढाइने जीवन्त शक्ति: सी चिनफिङ
2020-11-27 11:45:27cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २७ तारिख १७ औँ चीन-आशियान एक्स्पो र चीन-आशियान वाणिज्य तथा लगानी शिखर सम्मेलनको उद्धाटन समारोहलाई सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा उहाँ भन्नुहुन्छ: सन् २०१३ मा मैले आशियान मुलुकसँग २१ औँ शताब्दीको समुद्री रेशमी मार्गको स्थापना गर्ने र हातमा हात मिलाएर अझ प्रगाढ चीन-आशियान भाग्यको एकरुपताको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरेको थिएँ। हामीले के देखेका छौं भने बितेका ७ वर्षयता चीन-आशियान सम्बन्ध एशिया प्रशान्त क्षेत्रीय सहकार्यमा रहेको सबैभन्दा सफल र जीवित नमूना बन्नुका साथै मानव जाति भाग्यको एकरुपताको निर्माणलाई अघि बढाइने जीवन्त शक्ति बनिसकेको छ।