सांस्कृतिक र रचनात्मक उद्योगबाट फु च्यान प्रान्तको लोङ थान गाउँको विकास
2020-11-30 10:57:41cri
Share with:

सांस्कृतिक र रचनात्मक उद्योगबाट फु च्यान प्रान्तको लोङ थान गाउँको विकास

फु च्यान प्रान्तको निङ त शहरको फिङ नान क्षेत्रमा रहेको लोङ थान गाउँ पहाडी क्षेत्रमा अवस्थित छ। केही वर्षअघि यहाँ एउटा दुर्गम सानो गाउँ थियो। मिङ र छिङ वंशका दर्जनौं पूराना भवन यस पहाडी क्षेत्रमा रहेका थिए भने बृद्ध-बृद्धा र बाल-बालिकाहरु मात्र यहाँ बस्ने गर्थे। तथापि चार पाँच वर्षको अवधिमा लोङ थान गाउँ प्रसिद्ध बनिसकेको छ। रोजगारीका लागि बाहिर गएका स्थानीय गाउँलेहरु सो गाउँमा फर्केका छन् भने धेरै नयाँ गाउँलेहरु पनि त्यहीँ बस्न थालेका छन्। पर्व र छुट्टीको बेलामा त्यहाँ भिड लाग्न थालेको छ र त्यस्तो बेला निकै रमाइलो पनि हुन्छ।

मेरो व्यापार राम्रो छ। तथापि मेरो हरेक महिनाको आम्दानीका बारेमा तपाईंलाई बताउन चाहन्न। यहाँ हरेक दिन मेरो पसलका धेरै पाहुनाहरु आउँछन्।

सुश्री फान लोङ थान गाउँकी स्थानीय बासिन्दा हुन्। पहिले उनी बाहिर गएर व्यापार गर्ने गर्थिन्। चालु वर्षको मेइ महिनामा उनी आफ्नो जन्मथलो फर्केर खाजा सम्बन्धी व्यापार गर्न थालिन्। सो गाउँको आर्थिक विकासप्रति चित्त बुझेर त्यहाँ पर्यटकहरु बढ्दै आउने सिलसिलामा त्यो ठाउँ छोडेका धेरै स्थानीय युवाहरुले स्वरोजगारका लागि फर्किन खोजेका जाकारी दिइन्। त्यो गाउँ सांस्कृतिक र रचनात्मक उद्योगबाट नामी हुँदै आएको उनले बताइन्।