याङ सी नदीको सान् स्या सम्बन्धी कथा-2
2020-12-02 15:23:17cri
Share with:

याङ सी नदीको सान् स्या सम्बन्धी कथा-2

      यसै बेला मध्य चीनका लिउ स्यौ नामका एकजना व्यक्तिले लो याङ भन्ने शहरमा पूर्वी हान सत्ताको स्थापना गरेका थिए। लिउ स्यौले कुं सुन् शुलाई एक पत्र लेखेर वर्तमान परिस्थितिको विश्लेषण गर्दै आत्म समर्पण गर्न भनेर कुं सुन् शुलाई सम्झाएका थिए। कुं सुन् शुले आफै सम्राट भएर किन आत्म समर्पण गर्ने भन्ने विचार गर्दै लि स्यौको कुरालाई अस्वीकार गरे। सन् 37 सालमा लिउ स्यौको सेनाले कुं सुन् शुमाथि धुमधामसँग हमला गर्नथाल्यो। दुइ सेनाका बीच घमासान लडाइँ भयो र त्यसमा कुं सुन् शु मारियो।


       कुं सुन् शु बाह्र वर्षसम्म राजसिंहासनमा बसेका थिए। अन्तमा अरुले उनलाई सखाप पारेका थिए। शुरुदेखि अन्तसम्म कुं सुन् शुले दक्षिण-पश्चिमी क्षेत्रमा 28 वर्षसम्म शासन चलाएका थिए। ती 28 वर्षभित्र दक्षिण-पश्चिमी क्षेत्रमा शान्त परिस्थिति थियो र मध्य चीनको लडाइँको प्रभावमा परेको थिएन। आफै सम्राट बनेपछि कुं सुन् शुले कृषिको विकास गर्नुका साथै सिंचाइको व्यवस्था पनि गरेका थिए। उनले स्थानीय जनताका लागि कतिपय कल्याणकारी कार्य पनि गरेका थिए। त्यसै कारण कुं सुन् शुको निधनपछि स्थानीय जनताले उनको सम्झनामा पाइ ती छङ शहरमा “पाइ ती बिहार” को पनि निर्माण गरेको थिए।

       पाइ ती छङ भन्ने शहर बाहिर याङ सी नदीको तीन घाँटी क्षेत्रमा धेरै पूरातात्विक स्मारक तथा जनश्रुति र कथाहरु प्रचलित छन। उदाहरण होः सान् स्या अर्थात तीन घाँटीका किनारमा बाह्वटा रमणीय पहाडहरु छन्। मानिसहरुले ती पहाडलाई [ देवी टाकुरा ] भन्नेगरेका छन् र हरेक टाकुरालाई फरक-फरक नाम पनि दिएका छन। ती टाकुराका बारेमा पनि धेरै रोचक कथाहरु पनि प्रचलित छन।

      आज आएर संसारको सबैभन्दा ठूलो सिंचाइ परियोजना सान् स्यामा निर्माणाधीन छ। याङ सी नदीको मुख्य खण्ड सान् स्यामा पानीको बहावलाई रोकेर बाँध बनाइएपछि जमाइएको पानीको सतहलाई 110 मिटर बढाएर समुद्र सतहदेखि 175 मिटर पुर्‍याइएको छ। यस परियोजनाले सान् स्या क्षेत्रका धेरेजसो मानवीय र प्राकृतिक दृश्यावलोकन स्थलहरुलाई डुबाउनेछ। यसका साथै थुप्रै नयाँ दृश्यावलोकन स्थलहरु पनि देखा पर्नेछन।