गरिबी निवारण सम्बन्धी चीनका तीन अनुभव नेपाललाई बाँड्नसकिन्छ
2020-12-03 16:05:55cri
Share with:

गरिबी निवारण सम्बन्धी चीनका तीन अनुभव नेपाललाई बाँड्नसकिन्छ

गरिबी निवारण सम्बन्धमा चीनले“भौगोलिक परिस्थितिबमोजिम उचित उपाय अपनाउनु,सही नियम लागू गर्नु र बहु उपायहरू अवलम्बन गर्नु”गरी तीन नीतिमा सफल अनुभव हासिल गरेको छ। एकिकृत राष्ट्रिय गरिबी निवारण प्रणालीको स्थापना,श्रेष्ठ व्यवसायको विकास,चिकित्सा तथा शिक्षा स्तरलाई उकास्नु, यी तीन वटा अनुभवहरु नै वर्तमान नेपालका लागि सम्भाव्य योजना हुन्।

गरिबीबाट मुक्त भएर सम्पन्न समाजमा जीवन बिताउनु नै सयौं वर्षदेखि चिनियाँहरुको चाहना रहँदैआएको थियो। तर यो सहज थिएन र यसको समाधान गर्न हरेक व्यक्ति तथा समाजको संयुक्त प्रयास र राष्ट्रिय प्रणाली तथा शासन क्षमताको प्रत्याभूति पनि चाहिन्छ। चिनियाँ विशेष समाजवादको सत्तारुढ पार्टीको रुपमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा विभिन्न स्तरीय संगठन र समस्त पार्टी सदस्यहरुले गरिब क्षेत्रमा प्रवेश गर्दै आ-आफ्नो जिम्मेवारी बहन गरेका छन्। गरिबी निवारण सम्बन्धी यस वास्तविक अभ्यासमा सबैले गहन रूपमा बुझ्नसकिन्छ कि सयौं वर्षको गरिबीबाट करोडौं जनताको गरिबी समस्याको समाधान गरेर संयुक्त राष्ट्र संघको गरिबी निवारण लक्ष्यलाई सबैभन्दा छिटो साकार तुल्याएको विकासोन्मुख मुलुक बन्नु नै अत्यन्तै कठिन देखिन्छ।

चिनियाँ कम्युनिष्ट पार्टीले सबैभन्दा पहिले चिनियाँहरुको आधारभूत हितको ‌प्रतिनिधित्व गर्दछ। सुधार तथा खुलापन भएको चालिसभन्दा बढी वर्षमा चीनको अर्थतन्त्र द्रुत गतिले विकसित हुँदै राष्ट्रिय शक्ति पनि स्पष्ट बढ्दै गएको छ। नागरिक जीवन सामान्य रुपमा सुधारिँदै आएको छ। ग्रामीण क्षेत्रमा ७० करोड जनसंख्या गरिबीबाट मुक्त भएका छन्। गरिबी दर सन् १९७८ को ९७.५ बाट सन् २०१९ मा ०.६ प्रतिशतमा घटेको छ। एक अर्बभन्दा बढी चिनियाँहरुको भोकमरीको समस्यालाई स्थिर रूपमा समाधान गर्नसकेको छ।

चीनको राष्ट्रिय प्रणाली तथा सरकारसँग धेरै स्पष्ट श्रेष्ठता रहेको छ। यसमध्येको एक महत्वपूर्ण श्रेष्ठता भनेको एकिकृत नेतृत्वमा विभिन्न पक्षको सक्रिय शक्तिलाई केन्द्रीय रुपमा मिलाउँदै कार्य गर्नु हो। यो गरिबी निवारण युद्धलाई पराजित गर्ने महत्वपूर्ण संस्थागत श्रेष्ठता हो। चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनदेखि यता कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले गरिबी निवारणलाई सम्पन्न समाजको चौतर्फी निर्माणको आधारभूत कार्यभारको रुपमा लिएको छ। राष्ट्रिय एकिकृत व्यवस्थापनमा ठूलो शक्ति, ठूलो परिमाण र ठूलो अनुभव भएको अभूतपूर्व गरिबी निवारण कार्य गराइएको देखिन्छ।

सही नियम लागू गर्नुको सम्बन्धमा सही लक्ष्य, सही योजना, पूँजीको सही बन्दोबस्त, सही कदम लागू, सही कर्मचारीको बन्दोबस्त, सही प्रभाव गरी छ वटा नियम रहेका छन्। यी छ नियमहरूले गरिबी निवारणको लक्ष्य, सहायता र व्यवस्थापन सम्बन्धी विभिन्न विषय समेटिएका छन्।

गरिबी नै वर्तमान विश्वका सामु देखापरेको सबैभन्दा जटिल चुनौतिहरुमध्ये एक हो। गरिबीसँग अभाव मात्र नभई कमजोर शिक्षा तथा स्वास्थ्य भन्ने कारकतत्व रहेको छ। त्यसैले शिक्षा तथा चिकित्साबाट पनि गरीबी उन्मूलनलाई जोड दिनुपर्छ। एकताबद्ध भएर पर्यटन जस्तै शिक्षा तथा चिकित्सा स्तरलाई उकास्नु नै वर्तमान नेपालको गरिबी निवारणका लागि एक सम्भाव्य योजना हो। वर्तमान नेपालको विकास २० औं शताब्दीको ७० दशकको अन्त्यदेखि ८० दशकको प्रारम्भकालको अवधि बराबर देखिन्छ। विकास खोजिरहेको नेपालका सामु गरिबी निवारणको कार्यभार देखापरेको छ। चीनका धेरैजसो उपयुक्त अनुभव सिकेर गरिबीबाट मुक्त भएर नेपाल विकासोन्मुख मुलुक बन्ने विश्वास छ।