#आँखीझ्याल# चीनसँग धेरै क्षेत्रमा सहयोग गर्ने इटालियनहरूको तयारी
2020-12-04 09:51:43cri
Share with:

#आँखीझ्याल# चीनसँग धेरै क्षेत्रमा सहयोग गर्ने इटालियनहरूको तयारी

#आँखीझ्याल# चीनसँग धेरै क्षेत्रमा सहयोग गर्ने इटालियनहरूको तयारी

गत शताब्दीको असीको दशकमा पहिलो पटक चीनको भ्रमण गर्नुभएपछि इटालीका डिजाइनर ब्रुनो ग्रासेट्टी चीन र इटालीबीचको वैज्ञानिक तथा प्राविधिक सहयोगमा अडिग भएर लागिरहनुभएको छ। प्राविधिक हस्तान्तरण क्षेत्रमा ठूलो योगदान दिएका कारण उहाँलाई सन् २०१४ चीन सरकारको मित्रता पुरस्कार प्रदान गरिएको थियो। आजको कार्यक्रममा म तपाईंलाई उहाँको कथाबारे जानकारी दिन्छु।

गत शताब्दीको असीको दशकको शुरुवातमा इटालीको रोम विश्वविद्यालयमा शिक्षकको काम गर्ने ब्रुनो ग्रासेट्टीले इटाली सरकारको विज्ञान तथा प्रविधि प्रतिनिधिको हैसियतमा चीनको भ्रमण गर्नुभएको थियो। उहाँले चीनको भ्रमणको दौरान चीनको विज्ञान तथा प्रविधि पार्कको निर्माणका लागि प्राविधिक समर्थन दिनुभएको थियो। पैचिङको चोङ क्वान छुनमा केही समयमा काम गर्नुभएपछि उहाँले चीनका धेरै क्षेत्रहरूको भ्रमण गर्नुभयो। उहाँले चीनलाई आफ्नो घरको रुपमा राख्नुभयो। उहाँ भन्नुहुन्छ

“चोङ क्वान छुनबाहेक मैले फु चौ र नान निङको विज्ञान तथा प्रविधि पार्कमा काम गरेको थिएँ। म सहभागी भएको परियोजना चाइना टर्च प्रोग्राम अर्थात् चीनको राष्ट्रिय मशाल परियोजना हुन्। हालसम्म यो परियोजना निरन्तर चलिरहेको छ। म चीन जाँदा आफ्नो घर फर्केको महसुस गर्छु।”

ब्रुनो ग्रासेट्टीले व्यक्तिगत हैसियतमा चीनको वैज्ञानिक तथा प्राविधिक पार्कको निर्माण र इटालीको अत्याधुनिक प्रविधिको हस्तान्तरणका लागि मद्दत गर्नुभएको थियो। उहाँ इटाली र चीनबीचको सहयोगमा खाद्य उद्योग, सञ्चार, अन्तरिक्ष मामिला, वातावरणीय संरक्षण समावेश हुनुभयो। सन् २०१४मा उहाँको योगदानको प्रशंसा गर्नका लागि चीनले उहाँलाई चीन सरकारको मित्रता पुरस्कार प्रदान गरेको हो।

ब्रुनो ग्रासेट्टीले हालैका वर्षहरूयता चीनले इन्टर्नेट तथा सञ्चार प्रविधि र डिजिटल क्षेत्रमा हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो र साथै इटाली र चीनबीचको सहयोगका लागि निरन्तर रुपमा योगदान दिने आशा व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ “चीनले सञ्चार प्रविधि क्षेत्रमा सफलता हासिल गरेको छ। जस्तै भनौं अलि-पे, विच्याटको मोबाइल भुक्तानी, व्हा वैको फाइभ-जी। सन् २०१४मा जन वृहत सभा भवनमा चीन सरकारको मित्रता पुरस्कार पाएकोमा मलाई गौरब लागयो। चीनका मित्रको रुपमा भविष्यमा मैले चीनको विकासका लागि आफ्नो योगदान दिने छु।”

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनको पाँचौं पूर्ण बैठकमा आधुनिकीकरण निर्माणमा नवप्रवर्तनको केन्द्रीय स्थान कायम राख्ने कुरा प्रस्तुत गरिएको थियो। ब्रुनो ग्रासेट्टीको विचारमा चौधौं पञ्च वर्षीय योजनाको प्रस्तावबाट हेर्दा वैज्ञानिक तथा प्राविधिक नवप्रवर्तन चीनको राष्ट्रिय विकास रणनीतिमा महत्वपूर्ण स्थानमा रहेको छ।

हाल ब्रुनो ग्रासेट्टी युनेस्कोको युसीसीएन अर्थात् युनेस्कोको रचनात्मक शहर नेटवर्कले चीनको शांगहाईमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुन्छ। उहाँकाअनुसार, इटाली र चीनबीच धेरै क्षेत्रहरूमा सहयोग हुनसक्छ। उहाँ भन्नुहुन्छ “इटाली विज्ञान र प्रविधिको ठूलो मुलुक होइन। तर सँस्कृति क्षेत्रमा इटालीको अत्याधुनिक प्रविधि छ। जस्तैभनौं साँस्कृतिक सम्पदाको व्यवस्थापन क्षेत्रमा। इटालीले संग्रहालयको व्यवस्थापन गर्ने र ठूलो कार्यक्रमको संयोजना गर्ने अनुभव छ। ती अनुभव र प्रविधिले चीनलाई मद्दत दिइने छ। इटालियनहरू तयार भइसकेका छन्।”