परम्परागत ओपेराका लागि अरु बढी दक्ष व्यक्ति हुर्काउने विद्यालय
2020-12-07 15:55:36cri
Share with:

परम्परागत ओपेराका लागि अरु बढी दक्ष व्यक्ति हुर्काउने विद्यालय

परम्परागत ओपेराका लागि अरु बढी दक्ष व्यक्ति हुर्काउने विद्यालय

ह नान प्रान्तलाई छोटकरी रूपमा यु पनि भनिन्छ र त्यसको परम्परागत ओपेराको नाम यु ओपेरा हो। ह नान प्रान्तको सदरमूकाम चङ चौ शहरको यु ओपेरा सिकाउने एउटा मात्र विद्यालयको रुपमा रहेको वाङ सी लिङ कला विद्यालय २० वर्ष भन्दाअघि स्थापना भएको हो। सो विद्यालयले अघि पछि गरी राष्ट्रिय ओपेरा पुरस्कार- मैह्वाका ३० जना भन्दा बढी विजेताहरु पाएका छन्। यसै गरी टेलिभिजन ओपेरा कार्यक्रमका लागि ३०० भन्दा बढी कलाकारहरु, ह नान प्रान्तको यु ओपेरा थिएटर, चङ चौ शहरको यु ओपेरा थिएटरका लागि प्रशस्त युवा अभिनेता-अभिनेत्रीहरु हुर्काएको छ। सो विद्यालयका धेरै विद्यार्थीहरुले यु ओपेरा सम्बन्धी चीनको एउटा मात्र सर्वोच्च विद्यालय अर्थात चिनियाँ ओपेरा इन्स्टिच्युटमा भर्ना भएका छन्। आजको इन्द्रेणी कार्यक्रममा यस विषयबारे एउटा विवरण सुन्नुहोस्।

यु ओपेराकी प्रसिद्ध कलाकार वाङ सी लिङले वाङ सी लिङ कला विद्यालयको स्थापना गर्नुभएको थियो। शुरुमा सो विद्यालयले सङ्गीत तथा नृत्य सम्बन्धी विषय मात्र सिकाउने गरेको थियो। सन् २००० देखि यस विद्यालयले ओपेरा विषय पढाउन थालेको हो। यहाँका दक्ष गुरु, कडा व्यवस्थापन तथा थिएटरमा अभ्यास गर्ने प्रशस्त मौका भएको हुनाले वाङ सी लिङ कला विद्यालय उत्कृष्ट बन्दै आएको छ।

ओपेरा विषय अध्ययनरत अत्याधिक विद्यार्थीहरुले ओपेरालाई धेरै मन पराएको कारण मिहिनेतसँग पढ्छन्। भोकल (स्वर) पढाउने शिक्षिका मङ लानका अनुसार, ती विद्यार्थीहरुले बिहान पाँच बजे पियानो कोठा र पूर्वाभ्यास कक्ष ओगट्छन्। त्यस बेलामा उनीहरु बस्ने छात्राबासको ढोका खोलिएको हुँदैन, तथापि उनीहरुले “मैले पियानो बजाउन र अभ्यास गर्न निस्कनुपर्छ, मेरो लागि ढोका खोल्नुहोस्” भनी कराउँछन्।

ओपेरा सिक्ने धरै बच्चाहरु विपन्न परिवारबाट आएका हुन्। उनीहरुले सधैं पढाईका लागि आवश्यक खर्च तिर्न सक्दैनन्। ओपेराका शिक्षक ली ह्वैले केही दिन अघि नयाँ सत्र शुरु भएको बेलामा एक जना केटीका मामाले उसका लागि पाँच र दश युआन लगायत धेरै नगद ल्याएर खर्च तिरे। यो देखेर शिक्षकहरुलाई अचम्म लाग्यो। ली ह्वैका अनुसार, केही दिनपछि त्यो केटीका सहपाठीले उनले अलिकति मात्र खाना खाएको शिक्षकलाई बतायो। त्यसपछि शिक्षक त्यो केटीको घर गए। उसको बुवाको निधन भएको रहेछ र उसको परिवार निकै गरिब थियो। तर त्यो केटीलाई ओपेरा धेरै मन पएने रहेछ। त्यसैले उसका मामाले पढाई खर्च तिरेका थिए। विद्यालयका प्रिन्सिपलले यस कुराबारे जानकारी पाएपछि विद्यालयमा त्यो केटीको खाने र बसाईको खर्च निशुल्क गरेका छन्।

बच्चाहरुको ओपेरा सम्बन्धी सपनाको समर्थन दिनका लागि ७० वर्षीय यु ओपेराकी कलाकार वाङ सी लिङले आफ्नो प्रस्तुतीबाट कमाइएको सम्पूर्ण सम्पत्ति सो विद्यालयलाई चन्दास्वरुप प्रदान गर्नुभएको छ। सन् २०१८ देखि सम्बन्धित व्यवसायको प्रायोजनमा वाङ सी लिङ कला विद्यालयले कल्याणकारी कक्षा खोलेर चीनका विभिन्न परिवारका लागि ओपेरालाई मन पर्ने ४० जना बच्चा भर्ना गर्न थालेको थियो। ती विद्यार्थीहरुको पढ्ने, खाने ,बस्ने र घर आउने जाने खर्च विद्यालयले वहन गर्न थालेको थियो। त्यसबाहेक, अरु कक्षामा कठिन अवस्थामा रहेका विद्यार्थीहरु देखिएमा पनि विद्यालयले यी खर्चहरु हटाउने गर्दैआएको छ।

यसो भए तापनि ओपेरा पढ्ने विद्यार्थीहरुको संख्या दिन प्रतिदिन घट्दै गएको छ। विद्यालयको सामू ठूलो कठिनाई देखा परेको छ। वाङ सी लिङ कला विद्यालयका विद्यार्थीहरुको संख्या ७०० जनाबाट घटेर अहिले ३०० जना मात्र छ। चङ चौ शहरको शिक्षा व्यूरो र परामर्शदातृ सम्मेलन स्थानीय समितिले यस समस्यालाई ध्यान दिएको छ। परामर्शदातृ सम्मेलन स्थानीय समितिको प्रयासमा वाङ सी लिङ कला विद्यालयले चङ चौ ईन्जिन्यरिङ इन्स्टिच्युटसँग सँयुक्त व्यवस्थापन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। यसो गरेपछि सो विद्यालयले आर्थिक सहायता प्राप्त गर्ने छ। चङ चौ शहरको शिक्षा व्यूरोका उप-प्रमुखले शिक्षा व्यूरोले विद्यालयको विकास र विशेष योग्य व्यक्तिको तालिमलाई महत्व दिने, विशेष विषयको स्थापना र विद्यालयका व्यवस्थापन लगायत क्षेत्रमा विद्यालयलाई समर्थन गर्ने व्यक्त गर्नुभएको छ।